केही मन्टेश्वरी स्कुल
डिजिटल पाठ्यक्रममा पेन र किताब आफैं बोल्छन्, उनी भन्छन्, ‘त्यसैले यो बढी प्रभावकारी र रमाइलो हुन्छ ।’ यहाँ नेपाली कला, संस्कृतिको जगेर्ना हुने गरी पाठ्यक्रम विकास गरिएको छ ।

खाना पकाउन रुचि राख्ने, परिकारलाई नयाँ–नयाँ तरिकाले पस्किनेदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहनेहरूका लागि उपयोगी बनेको छ–कुलिनरी आर्ट । खाना पकाउने र पस्कने कला नै पाककलाका रूपमा स्थापित छ । छोटो समयको तालिमदेखि यसका एकेडेमिक कोर्सहरू नै सञ्चालनमा आउन थालेका छन् । लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय कुलिनरी आर्ट पठनपाठन सुरुगरेसँगै यसले नेपालमा पनि स्थान पाउन थालेको हो । होटल व्यवसाय र हस्पिटापलिटी क्षेक्रमा जनशत्ति उत्पादन गर्नु नै यो कोर्सको मुख्य उद्देश्य रहेको कलेजका सेल्स एक्जुकेटिभ डम्बर बोहोरा बताउँछन् । कलेजले २००२ देखि नेपालमा अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउँदै आएको छ । क्वीन मार्गरेट विश्वविद्यालयको सम्बन्धमा कलेजले दुई वर्षे ब्याचलर पनि सञ्चालन गरिरहेको छ । यसमा सैद्धान्तिक र व्यावहारिक दुवै विषयको अध्यापन हुन्छ । अन्तिम दुई सेमेस्टरमा भने इन्टर्नसीप गराइन्छ । यसका साथै १, ६ देखि ९ महिनासम्मका कोर्स सञ्चालनमा छन् । बेसिक कुलिनरी कोर्समा खाना बनाउन, कटिङ गर्न, रेसिपी निर्माणदेखि फुड सेफ्टीका बारेमा जानकारी दिइने बोहोरा बताउँछन् ।
पोखरास्थित कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजले ६ महिनाको भोकेसनल कोर्स सञ्चालन गरेको छ । कुलिनरी सोलुसन अस्ट्रेलियाबाट सम्बन्धन प्राप्त गरी होटल म्यानेजमेन्ट, कुलिनरी आर्ट कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कलेजका अपरेसन म्यानेजरनिश्चल देवकोटाका अनुसार यो कोर्सपछि रोजगारी निश्चित हुने भएकाले पनि आकर्षण बढ्दै गइरहेको छ । विदेश जानका लागि कुलिनरी आर्ट सहज हुने भएकाले पछिल्लो समय आकर्षण बढेको उनी बताउँछन् । ‘६ महिनाको कोर्स पूरा गर्दा ८ लाख ५० हजार खर्च लाग्छ, जसमा विद्यार्थीको खाना–आवास सबै जोडिएको हुन्छ,’ उनले भने ।उनका अनुसार कुनै समय पुरुषले मात्र सिक्ने यो पेसामा महिलाहरूको आगमन पनि बढेको छ । यहाँ सीप सिकेर दुबई–ओमनजस्ता देशमा कामका लागि जाने गरेको उनको भनाइ छ । कोर्स पूरा गर्नका लागि कलेजका निश्चित मापदण्ड छन् । ‘यसमा २१ देखि २४ वर्षसम्मको उमेर हुनुपर्छ, मेडिकल फिट हुनुपर्छ,’ उनी भन्छन्, ‘प्लस टु भए राम्रो, नभए पनि हल्का अंग्रेजी जानेको हुनुपर्छ ।’
विदेश गएर पढ्न र काम पनि गर्न सकिने भएकाले पछिल्लो समय कुलिनरी आर्टमा रुचि बढ्दै गएको देखिन्छ । यो क्षेत्रमारोजगारीको ग्यारेन्टी हुने बताउँछिन्, महिला सेफ निशा थापा । करिब ६ वर्षअछि पोखराको कान्तिपुर कुलिनरी आर्टमा सीप सिकेर उनी युएई पुगेकी थिइन् । व्यवस्थापनमा स्नातक गर्दै गरेकी उनलाईकुलिनरी आर्टले तान्यो, किनकि खाना पकाउन रुचि राख्ने उनको सोख सेफ बन्नु थियो । त्यतिबेलै हो उनले खानामा ‘हाइजिन’ शब्द सुनेको । त्यसबेला कन्टिनेन्टल, इटालियन, चाइनिज सबै खाना बनाउन सिकिन् । ‘कोर्स लामो लागेर बीचमै अध्ययन छाडेर कुलिनरी आर्ट सिकेँ, त्यसमा खानासम्बन्धी सम्पूर्ण जानकारी हासिल गरेँ,’ उनले भनिन्, ‘यही सीपले विदेशमा सहजै काम पनि पाएँ ।’
यो सीप हरेक क्षेत्रमा उपयोगी हुने भएकाले रोजगार सुनिश्चित हुने उनको भनाइ छ ।सेवा दिने मात्र नभई कुन परिकार कति, कसरी खाने र व्यवस्थापन गर्नेसम्मको ज्ञान कुलिनरी आर्टले दिएको उनको अनुभव छ । लामो समय विदेशमा बसेर उनी ६ महिनाअघि स्वदेश फर्किइन्, र हिल्टन होटल एन्ड रिसोर्टमा सेफका रूपमा काम थालिन् । पछिल्लो समय नेपालमा होटल व्यवसाय फस्टाउँदै गएकाले महिला सेफहरूका लागि आर्थिक रूपमा सबल हुने अवसर पनि बढेको उनी बताउँछिन् ।