Successfully Copied

सिद्धार्थ बिद्यापिठ

क्तपुर गठ्ठाघरस्थित यो प्रि–स्कुलले आफ्नो उत्कृष्ट शिक्षा पद्धतिका कारण लोकप्रियताहासिल गरेको छ । २०५६ सालमा स्थापनाभएको यो स्कुल स्थानीय रूपमाअझलोकप्रिय छ ।

भक्तपुर गठ्ठाघरस्थित यो प्रि–स्कुलले आफ्नो उत्कृष्ट शिक्षा पद्धतिका कारण लोकप्रियता हासिल गरेको छ । २०५६ सालमा स्थापना भएको यो स्कुल स्थानीय रूपमा अझ लोकप्रिय छ । मारिया मन्टेश्वरीले ल्याएको अवधारणालाई पछ्याएर यो विद्यालयले आफ्नो पाठ्यक्रम तयार गरेको छ । यो अवधारणा आफैमा पूर्ण छ । यसले हरेक बालबालिकालाई समान रूपमा शिक्षाप्रदान गर्छ । यहाँका बालमैत्री कक्षा कोठाले बालबालिकाहरूलाई कुनै पनि विषय अध्ययन गर्न सहयोग गर्छन् । बालबालिकाहरूलाई प्रयोगात्मक रूपमा अध्यापन गराइन्छ । उनीहरू कुनै पनि विषय विश्लेषण गर्न तथा टिप्पणी गर्न सक्छन् । उनीहरू हरेक समस्या आफैले समाधानगर्न तत्पर हुन्छन् । यहाँका दक्ष शिक्षक–शिक्षिकाहरूले बालबालिकाहरूका लागि आवश्यक सबै प्रकारका स्किल पछ्याएर अध्यापन गराउँछन् । यहाँ बालबालिकाहरूलाई पुस्तकको कीरा होइन असलनागरिक बनाउने उद्देश्यले अध्यापन गराइन्छ  । सिद्धार्थ विद्यापीठका बालबालिकाहरूको दक्षता हेरेर उनीहरूको उक्तक्षमताअझ निखार्न सहयोगीको भूमिका शिक्षिकाहरूले खेल्छन् । कक्षाबिहान ८ देखि २ बजेसम्म संचालन हुन्छ । यहाँ अध्यापन बाहेक नृत्य, संगीत, अभिनय, पेन्टिङका अतिरिक्त कक्षा संचालन गरिन्छ । समय–समयमा बालबालिकाहरूलाई फिल्ड ट्रिप पनि लगिन्छ 

 

दीपिका थापा रिमाल, प्रिन्सिपल सिद्धार्थ, विद्यापीठ 

शिक्षा क्षेत्रमा विविध चुनौती भएपनिअहिले यो विकासतर्फ लम्किरहेको छ । राम्रा स्कुलहरू खुल्नु राम्रो कुरा हो तर ६ महिना तालिम लिएर स्कुल चलाउनु उपयुक्त होइन । स्कुल स्थापना गर्दा हरेक मापदण्ड पूरा गर्नुपर्छ । अभिभावकहरूले स्कुल चयन गर्दा स्कुल भ्रमण गरी त्यहाँको पाठ्यक्रम पनि अध्ययन गर्न जरुरी छ । आजका सानानानी नै भविष्यका कर्णधार हुन् । त्यसैले पनि बालबालिकालाई राम्रो शिक्षा प्रदान गर्नु सबैको कर्तव्य हो । 

 Image