Successfully Copied

कृषि शिक्षामा आकर्षण

कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ ।


श्रुति नापित सानैदेखि करेसाबारीमा काम गर्थिन् । उनलाई माटोसँग रमाउन मन पथ्र्यो । उनले बारीमा झार उखेलेर फूल रोप्थिन् । करेसाबारीको मोहले नै कृषि शिक्षामा आकर्षित ग¥यो । उनी अहिले लमजुङस्थित बेसीशहरमा नेपाली सेना कृषि विज्ञान संस्थानमा कृषिको पहिलो सेमेस्टरमा अध्ययनरत छन् । सानामा बारीमा काम गरेको भन्दा बेग्लै अनुभव महसुस गरिरहेकी छन् । उनले थुप्रै बोटबिरुवाका बारेमा जानकारी पाइन् । भनिन्, ‘पहिले यत्तिकै रमाइलोका लागि काम गर्थें । अहिले पढाइपछि धेरै कुरा थाहा पाएँ ।’ प्राक्टिकलको समयमा फिल्डमा जानुपर्छ । घाँस काटेर कम्पोस्ट मल बनाउनुपर्छ । उनका हातले घाँस काट्नेदेखि धानको बीउ रोप्ने गर्छन् । कृषि पढेर थुप्रै स्कोप रहेको उनले बताइन् । सरकारी सेवामा प्रवेश गर्नेदेखि आफ्नै फर्म बनाएर व्यवसाय गर्न सकिनेछ ।

समीक्षा गौतम प्लसटुमा साइन्स पढेर ब्याचलरमा कृषितिर लागिन् । धेरैतिर स्कोप भएकाले यो शिक्षाले आकर्षित गरेको हो । बेरोजगार बस्नु पर्दैन भनेर रोजेको यो शिक्षाले सुरुमा केही असहज पनि भयो । मल बनाउन, माटो बनाउन असहज बनायो । बिस्तारै पढ्दै आफूलाई रोजगारको सुनिश्चितता पनि भएको छ । हाल उनी कृषि ज्ञान केन्द्र गोरखामा पाँचौं तहमा प्राविधिक सहायकमा कार्यरत छन् । व्यावसायिक हिसाबले होस् वा जागिर खाने हिसाबले, कृषि शिक्षा सुरक्षित रहेको उनी बताउँछिन् ।

नेपाल कृषिप्रधान देश हो । जनगणना २०७८ अनुसार ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । नेपालमा कृषिलाई प्रमुख आर्थिक गतिविधिका रूपमा मानिँदै आएको छ । पछिल्लो समयमा कृषि शिक्षामा आकर्षित विद्यार्थीहरूको संख्या पनि बढ्दै गएको छ । नेपालका विश्वविद्यालयले कृषि शिक्षालाई प्राथमिकताकासाथ अध्यापन गराइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, एग्रिकल्चर एन्ड फरेस्ट्री विश्वविद्यालयअन्तर्गतका कलेजमा कृषि शिक्षा अध्यापन गराइरहेका छन् ।

कसले पाउँछन् कृषि पढ्न ?
प्लस टुमा विज्ञान विषय पढेकाले
सीटीईभीटीबाट कृषिमा डिप्लोमा गरेकाले
आइएसी फरेस्टीमा अध्ययन गरेकाले

कति वर्ष पढ्नुपर्छ ?
ब्याचलर अफ साइन्स इन एग्रिकल्चर–चार वर्ष आठ सेमेस्टर
मास्टर्स अफ साइन्स–दुई वर्ष चार सेमेस्टर
पिएचडी तीन वर्ष–छ सेमेस्टरमा अध्ययन गर्न सकिन्छ ।

कुन–कुन विषय पढ्नुपर्छ ?
जीव विज्ञान
एग्रो मार्केटिङ
प्योथोलोजी
कृषि वन
ग्रामीण समाजशास्त्र
कीट विज्ञान
बिरुवा प्रजनन आदि ।




कृषि शिक्षामा अवसर नै अवसर -ऋषिराम कट्टेल
सह–प्राध्यापक,
एग्रिकल्चर एन्ड फरेस्टी युनिभर्सिटी रामपुर चितवन

कृषि कस्तो कोर्स हो ?
यो कृषिसँग सम्बन्धित पढाइ हो । कृषि पेसालाई कसरी आधुनिकीकरण गर्न सकिन्छ ? कृषि उत्पादनको अध्ययनलाई जोडेर अध्ययन गरिने कोर्स हो । बहुआयामिक व्यवसायका रूपमा कृषिलाई कसरी लान सकिन्छ भनेर यो कोर्समा अध्ययन गरिन्छ ।

फिल्डमा विद्यार्थीले कसरी काम गर्नुपर्छ ?

फिल्डमा फार्म एक्सन रिसर्च गर्नुपर्छ । ‘लर्निङ इन्टरपे्रनरसिप फर एक्सपेरिन्स’ कार्यक्रमअन्तर्गत छ महिना प्रधानमन्त्री कृषि परियोजनामा काम गर्नुपर्छ । त्यस्तै फिल्डमा गएर किसानका समस्या के छन् यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर रिसर्च बेसमा कामले धेरै कुरा सिकाउँछ ।

कृषिमा के–के अवसर छन् ?
कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । व्यावसायिक रूपान्तरणको आवश्यक छ । भूमि बैंक, श्रम बैंकमार्फत विद्यार्थीलाई व्यवसायीकरण गर्न सक्छन् । सरकारी सेवामा प्रवेश गर्नेदेखि एनजिओ आइएनजिओमा पनि काम गर्न सक्ने सम्भावना रहन्छ ।

पढाइ खर्च कति लाग्छ ?
खर्च त्यति लाग्दैन । हरेक विश्वविद्यालयले स्कलरसिपको व्यवस्था गरेका छन् । कम खर्चमा जनशक्ति उत्पादन गर्ने हरेक विश्वविद्यालयको योजना हो । ब्याचलरमा दुईदेखि तीन लाखसम्म लाग्छ । पिएचडीका लागि पाँच लाखसम्म लाग्छ।

अहिलेको कृषि शिक्षाको अवस्था कस्तो छ ?
कृषि शिक्षा रूपान्तरित हुन सकेको छैन । किसानसँगको समस्या र व्यावहारिक शिक्षा कम छ । यसलाई रूपान्तरण गर्न आवश्यक छ । पेसागत कृषिलाई जोड दिन कोर्स परिवर्तन गर्न आवश्यक छ ।

कृषि शिक्षामा पूर्वाधारको अवस्था कस्तो छ ?
पूर्वाधारको अवस्था कम छ । कक्षाहरू डिजिटलाइजेसन हुन सकेका छैनन् । मल्टिप्लेक्स भवनको पनि अभाव छ ।

व्यावहारिक शिक्षाको अभाव - विद्यानाथ कोइराला, शिक्षाविद्

हाम्रो कृषि शिक्षालाई हेर्दा न परम्परा समातेको छ न त पश्चिमी शिक्षालाई नै समातेको छ । हाम्रो शिक्षाले व्यावहारिक शिक्षालाई समात्न सकेको छैन । जस्तै अरु मुलुकमा गाईको निबन्ध लेख्नलाई गाई देखाएर लेख्न लगाइन्छ तर हाम्रोमा घोकाइन्छ । ट्राफिक नियमबारे पढाएर हुँदैन उनीहरूलाई बाटोमा सिक्न लगाउनुपर्छ । बोर्डमा विद्यार्थीहरूले पढेका छन् तर जिन्दगी अझै पनि पढ्न सकेका छैनन् । विद्यालय शिक्षक–प्राध्यापकहरूले व्यावहारिक शिक्षाको चिन्तन नगरेको अवस्था छ । केही प्रयास भएपनि त्यसलाई संकलन गर्ने वा बिस्तार गर्ने निकायहरू मौन छन् ।

 Image