Successfully Copied

प्लस टुपछिको करियर

बालबालिकाहरूको करियर त्यतिबेला सफल हुन्छ जतिबेला उनीहरूको क्षमता र अभिभावकबीच तालमेल मिल्छ । जब आफ्ना सन्तान माथिल्लो क्लासमा पुग्दै जान्छन् वा प्लस टु सकेपछि आफ्नो करियरका बारेमा सोच्न थाल्छन् त्यतिबेला तनाव बढ्नु स्वाभाविक हो । करियरका बारेमा सोच्ने सही समय पनि प्लस टुपछि

बालबालिकाहरूको करियर त्यतिबेला सफल हुन्छ जतिबेला उनीहरूको क्षमता र अभिभावकबीच तालमेल मिल्छ । जब आफ्ना सन्तान माथिल्लो क्लासमा पुग्दै जान्छन् वा प्लस टु सकेपछि आफ्नो करियरका बारेमा सोच्न थाल्छन् त्यतिबेला तनाव बढ्नु स्वाभाविक हो । करियरका बारेमा सोच्ने सही समय पनि प्लस टुपछि नै हो । करियरका लागि के सही विकल्प हुन्छ पर्याप्त विचार पुर्‍याउनुपर्छ । यतिबेला अभिभावकहरू आफ्ना सन्तानले आफ्नो पारिवारिक आर्थिक स्थितिका बारेमा सोचिदिऊन् भन्ने चाहन्छन् । सन्तानहरू आफ्नो जुन पेसा वा क्षेत्र छ त्यही पेसामा आबद्ध हून् भन्ने चाहना भएका अभिभावकहरू प्रशस्तै छन् । करियरका बारेमा निर्णय गर्ने बेलामा अभिभावकहरू आफ्ना सन्तानको क्षमतासँग मेल खाने पेसा वा क्षेत्र कुन हो भन्ने कुरामा त्यति विचार पुर्‍याउँदैनन् । अभिभावकले आफ्ना सन्तानले के–कस्ता कुरा रुचाउँछन्, के–कस्ता कुरा रुचाउँदैनन् ध्यान पुर्‍याउनु आवश्यक छ । सन्तानको करियरका बारेमा निर्णय लिँदा उनीहरूले रुचाएको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ ।

निर्णय लिने जिम्मा आफ्नो होइन

आफ्ना सन्तानको करियरका बारेमा लक्ष्य निर्धारण गर्ने जिम्मा अभिभावकको होइन । आफ्नो काम त केवल सल्लाह दिने एवं सहयोग गर्ने हो । प्लस टुपछि आफ्नो करियरका बारेमा अहिलेका युवायुवती आफै तयार हुन्छन् र आफ्नो भविष्यका बारेमा उनीहरूमा कुनै न कुनै योजना हुन्छ । कसरी र के गर्ने भन्ने विषयमा आर्थिक तथा व्यावहारिक कुरामा अभिभावकको ठूलो भूमिका हुुनसक्छ । आफ्ना सन्तान भविष्य निर्माणका क्रममा कतै नचुकून् भन्ने उद्देश्यले अभिभावकहरू सजग र सकारात्मक रहनुपर्छ । आफ्ना सन्तानको हरेक पाइलामा अभिभावकको साथको खाँचो हुन्छ । अभिभावकले उनीहरूको करियरका बारेमा सोच–विचार पुर्‍याएर सल्लाह दिनुपर्छ किनभने एकपटक गरिएको करियरको निर्णय सन्तानको जीवनभरको निर्णय पनि हो ।

एजुकेसन काउन्सिलरको सल्लाह

कहिल्यै आफ्ना सन्तानलाई एजुकेसन काउन्सिलरका रूपमा आफैले सल्लाह दिनु हँुदैन । आफ्ना सन्तानलाई एजुकेसन काउन्सिलरकहाँ आफै लिएर जानुपर्छ । काउन्सिलरले दिएको सल्लाह पालना गर्न सन्तानलाई मद्दत गर्नुपर्छ । सम्बन्धित पाठ्यक्रमका बारेमा प्राप्त हुने सूचनाका सम्बन्धमा एजुकेसन काउन्सिलरसँग सम्पर्कमा रहनुपर्छ ।

विकल्प छनोटमा सहयोग

आफ्ना सन्तानको पाठ्यक्रम छनोटमा अभिभावकको ठूलो भूमिका हुनुपर्छ । करियरका बारेमा छोराछोरीको के सोचाइ छ पत्ता लगाई उक्त योजनाको विकल्पमा पनि ध्यान पुर्‍याउनुपर्छ । अनुकूलता मिलाएर आफ्ना सन्तानको लक्षित योजनामा अन्य साथीभाइ तथा सम्बन्धित व्यक्तिहरूसँग जानकारी लिन सकिन्छ । यसका लागि इन्टरनेट तथा पहुँचमा भएका अन्य सबै साधन–स्रोतको सहयोग लिनुपर्छ ।

आत्मविश्वास जगाउनुपर्छ

सही पाठ्यक्रम छनोट गर्न कठिन हुन्छ । अभिभावकको सहयोग सन्तानको योजनाविपरीत भए सम्बन्धमा खटपट सिर्जना हुनसक्छ । त्यसैले छोराछोरीले रुचाएको पाठ्यक्रम छोडेर कहिलेकाहीँ तनावका कारण लक्ष्य नै परिवर्तन गर्न सक्छन् । यस्तो बेलामा आत्मविश्वास जगाउने ।

 Image