Successfully Copied

हाइड एण्ड सिक मन्टेश्वरी

सानो भर्‍याङस्थित हाइड एण्ड सिक मन्टेश्वरीले स्थापना भएको करिब एक वर्षमै गुणस्तरीय शिक्षाका कारण धेरै अभिभावकको मन जितिसकेको छ ।

सानो भर्‍याङस्थित हाइड एण्ड सिक मन्टेश्वरीले स्थापना भएको करिब एक वर्षमै गुणस्तरीय शिक्षाका कारण धेरै अभिभावकको मन जितिसकेको छ । बालमैत्री वातावरणयुक्त यो मन्टेश्वरी स्कुलको आफ्नै तालिम केन्द्र छ । त्यसैले यहाँका शिक्षकहरू दक्ष हुनुका साथै पाठ्यक्रमलाई राम्रोसँग पहिचान गरी अध्यापन गराउन सफल छन् । पाठ्यक्रम पनि बालबालिकाहरूलाई भित्रैबाट जानकार बनाउने हिसाबले तयार गरिएको छ । राम्रो शिक्षा पद्धति कुनै पनि बालबालिकाको जग बलियो बनाउन उपयोगी साबित हुन्छ । यहाँ हाते क्रियाकलापमा पनि जोड दिइन्छ । बालबालिकाहरूलाई व्यक्तिगत ध्यान दिएर अध्यापन गराइन्छ । पाठ्यक्रमबाहेक होलिस्टिक विकास गर्न हर्स राइडिङ, इसिए, फिल्ड ट्रिप, आफ्टर स्कुल रिडिङ सर्कल तथा प्राकृतिक अध्यापन गराइन्छ । यहाँका हरेक क्रियाकलापले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकास गराउँछ । यहाँ अभिभावकहरूले आफ्ना नानीहरूले कसरी अध्ययन गरिरहेका छन् र कस्तो खाना खान्छन् भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न सक्छन् । यहाँ जाडो तथा गर्मीका लागि छुट्टाछुट्टै मेनु तयार गरिन्छ । मेनु तयार गर्दा अभिभावकहरूको सल्लाह लिइन्छ । हरेक कक्षामा १५ जना विद्यार्थी राखिन्छ । उक्त कक्षा कोठामा १ जना शिक्षक तथा १ जना सिस्टर हुन्छन् । अभिभावकहरूको आवश्यकता हेरी आफ्टर स्कुल सर्भिस पनि प्रदान गरिन्छ । 

कुमुद भट्ट छत्कुली 

बालबालिकाहरूसँग समय बिताउन पाउँदा रमाइलो अनुभव हुन्छ । जापान तथा सिंगापुरबाट तालिम लिएपछि नेपाल फर्किएर केही गर्ने रहर जागेको थियो । त्यसैले मैले यो स्कुल स्थापना गरेकी हुँ । 

 Image