Successfully Copied

मायालु वातावरणमा मन्टेश्वरी शिक्षा

दक्ष जनशक्ति उत्पादन हुनु भनेको मुलुक समृद्धिको बाटोतर्फ थप एक कदम अघि बढ्नु हो । एउटा अब्बल व्यक्तिले देशका लागि जति योगदान गर्नसक्छ सय जना असक्षमले पनि त्यति गर्न सक्दैनन् । ह्युमेन डेभलपमेन्ट नै मुलुकको विकासको पहिलो खुड्किला हो ।

पहिले बार्‍हखरी पढ्न ५ वर्ष उमेर पुग्नुपथ्र्यो तर अहिले १८ महिनाका शिशुसमेत तोतेबोलीमै शब्द–अक्षर उच्चारण गर्न सक्छन् । अहिले नेपालको पुरानो शैक्षिक पद्धतिमा समेत परिवर्तन देखापर्न थालेको छ । विगत केही समययता नवीन शैली र ढाँचामा शैक्षिक गतिविधिहरू अघि बढिरहेका छन् ।

हाम्रो शरीरमा भएका पञ्चेन्द्रिय प्रयोग गरेर (जस्तो सुन्ने, छुने, महसुस गर्ने र स्वाद थाहा पाउने) अध्यापन गरिने पद्धति नै मन्टेश्वरी शिक्षा हो । यसमा बालबालिकाको शैक्षिक विकासलाई उनीहरूको मानसिक विकाससँग जोडेर हेरिन्छ । यो पद्धति लर्निङ बाइ डुइङ तथा लर्निङ विथ फनको अवधारणामा आधारित छ । दिमागी बोझविना नै देखाउँदै–खेलाउँदै बालबालिकाको मस्तिष्क विकासमा टेवा पुर्‍याउने यो पद्धति बालबालिकाहरूलाई पढेर ठूलो मानिस बनाउने भन्दा पनि असल मानिस बनाउनेमा केन्द्रित रहेको युरो किड्सकी संस्थापक प्रिन्सिपल शैलजा अधिकारी बताउँछिन् ।

दशकौंअघि मन्टेश्वरी शिक्षा सुरु गर्दा पढ्ने कुरामा यस्तो खेलाँची पनि हुन्छ र ? भन्ने प्रश्न गर्नेहरू आज आफ्ना बालबालिका यही पद्धतिमार्फत अब्बल साबित भएकोमा गर्व गर्न थालेको कुरा बताउँदै मन्टेश्वरी किन्डर वल्र्डकी संस्थापक प्रिन्सिपल पवित्र लिम्बू भन्छिन्–यसले बालबालिकाको पूर्ण विकासमा सहयोग पुर्‍याउँदै आएको छ । सफल मात्र होइन अब्बल र असल नागरिक उत्पादन गर्नु यो शिक्षाको विशेषता हो । अहिले नेपालमा मन्टेश्वरी स्कुल खुल्ने क्रम बढ्दो क्रममा छ भने समाजमा व्यावसायिक मानिसहरूको संख्या पनि उत्तिकै बढ्दैछ । आफ्ना छोराछोरीका लागि समय निकाल्न नसक्ने व्यस्त अभिभावकहरूका लागि मन्टेश्वरी उपयुक्त स्थान भएको कुरा बताउँदै अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई भन्छिन्–मन्टेश्वरी शैक्षिक पद्धतिभित्र पर्सनल एटेन्सनलाई अग्रस्थानमा राखिन्छ तसर्थ हरेक शिशुले घरायसी वातावरण सँगै न्यानो माया र आफ्नोपन महसुस गर्न सक्छन् ।

टंगालस्थित युरो किड्समा बालबालिकाहरू स्वस्थ तथा घरेलु वातावरणमा रमाउँदै–खेल्दै नयाँ–नयाँ कुरा सिकिरहेको देख्न पाइन्छ । साना नानीहरूसँग तोतेबोलीमा कुरा गर्दै शिक्षिकाहरू उनीहरूलाई निकै स्नेहपूर्वक सुम्सुम्याइरहेका पाइन्छन् । भारतीय ब्रान्ड युरो किड्सको पाठ्यक्रमअनुसार अध्यापन गरिने युरो किड्समा व्यावहारिक शिक्षामा जोड दिइएको छ । यहाँ नानीहरूलाई विभिन्न शैक्षिक सामग्रीद्वारा व्यावहारिक जीवनमा आइपर्ने ज्ञान प्रदान गरिन्छ भने अन्तर्राष्ट्रिय स्तरको शैक्षिक पाठ्यक्रम यसको विशेषता हो ।

हरेक चाडपर्वमा सांस्कृतिक वेशभूषामा कार्यक्रम आयोजना गरी आफ्नो संस्कारप्रति बालबालिकाहरूलाई जिम्मेवार बनाउनु युरो किड्सको अर्को महत्वपूर्ण पक्ष हो । संस्थापक शैलजा अधिकारीका अनुसार बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाएर राष्ट्र निर्माणका लागि सक्षम साबित गर्नु युरो किड्सको उद्देश्य हो । यहाँ बालबालिका सुरुदेखि नै चौतर्फी क्रियाकलापमा सहभागी हुने भएकाले आत्मविश्वासी भएर निस्कने उनको दाबी छ ।

मन्टेश्वरी किन्डर वल्र्डको स्थापना गरेर नेपालमा मन्टेश्वरी शिक्षाको आधिकारिक सुरुवात गर्ने पवित्र लिम्बू बालबालिकाको मानसिक विकासका लागि यो शैक्षिक पद्धति अत्यन्तै उपयोगी एवं व्यावहारिक भएको कुरा बताउँछिन् । लिम्बूका अनुसार सुरुवाती दिनमा यो शिक्षाप्रतिको विश्वसनीयता कम थियो तर आज आएर मन्टेश्वरी नजाने बालबालिका कमै छन् । मन्टेश्वरीका उत्पादन दिमागी रूपमा तेज हुने र चुनौती सामना गर्न सक्ने क्षमतायुक्त हुने लिम्बूको अनुभव छ । पवित्र भन्छिन्–हाम्रो पुरातन शैक्षिक पद्धतिमा घोकेर पढाउने, कण्ठस्थ पार्न लगाउने जस्ता क्रियाकलापले दिमागमा एक किसिमको बोझ पैदा गथ्र्यो तर यो पद्धति देखाउँदै, सुनाउँदै, सम्बन्धित वस्तुसँग साक्षात्कार गराउँदै रमाइलो वातावरणमा सिक्ने कुरामा निर्भर भएकाले बालबालिकामा हरेक कुरालाई नजिकबाट बुझ्ने र त्यसको सामना गर्ने खुबी विकसित हँुदै जान्छ जसले जीवनमा आइपर्ने जस्तोसुकै समस्या समाधान गर्न पछि नहट्ने व्यक्तित्व निर्माणमा सहयोगी भूमिका खेल्छ ।

अक्षरा स्कुल काँडाघारीमा स–साना नानीहरू प्लेरुममा ब्लक निर्माण गरिरहेका पाइन्छन् । उनीहरू कृत्रिम फलफूल, तरकारी तथा अन्नसँग खेलिरहेका हुन्छन् । यसरी नजिकबाट छुन लगाएर, स्वाद चाख्न लगाएर, आँखाले हेरेर, कानले सुनेर अनि दिमाग प्रयोग गरेर सिकाइने शैक्षिक पद्धति नै मन्टेश्वरी शिक्षाको मूल आधार भएको अक्षराकी संस्थापक प्रिन्सिपल अञ्जु भट्टराईले बताइन् । यहाँका बालबालिकालाई

आफ्नो संस्कार–संस्कृतिलगायत चाडपर्वका बारेमा समेत विभिन्न क्रियाकलापद्वारा जानकार गराइन्छ भने उनीहरूको शारीरिक विकासका लागि विविध खेलकुदमा सहभागी गराइन्छ जसले शिशुको बौद्धिक विकासमा समेत प्रभाव पार्छ । अञ्जु आफै पनि एन्फासँग सम्बन्धित भएकीले उनले आफ्ना विद्यार्थीलाई खेलकुदमा बढी सहभागी गराउने गरेकी छिन् । बालबालिकाहरूको मानसिक विकासमा खेलकुदको ठूलो महत्व हुन्छ भन्ने उनको बुझाइ छ ।

लामो समयदेखि स–साना नानीहरूको शारीरिक, मानसिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बौद्ध टुसालस्थित जेभियर मन्टेश्वरी स्कुलमा पूर्ण मन्टेश्वरी पद्धतिमा आधारित शिक्षा प्रदान गरिन्छ । सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानलाई प्राथमिकता दिने जेभियरको अध्यापन विधि हरेक विषय गर्दै–सिक्दै भन्ने सिद्धान्तमा आधारित छ । ठूलो क्षेत्रफलमा फैलिएको जेभियर मन्टेश्वरीमा बालबालिकाका लागि प्रशस्त खेल्ने स्थान छ । हरेक बालबालिकालाई व्यक्तिगत हेरचाहमा राखिने यो स्कुलमा उनीहरूको सुरक्षाका लागि सिसिटिभीको व्यवस्थासमेत छ । २ देखि ६ वर्षसम्मका बालबालिका अध्ययनरत यो मन्टेश्वरीमा डायनामिक, इन्डिभिजुअल, प्रोग्रेसिभ तथा केयरिङ शैक्षिक वातावरणमा अध्यापन गराइन्छ । यहाँ किन्डरगार्टेन तथा डे केयर कार्यक्रमको व्यवस्थासमेत छ । प्रशस्त मात्रामा आउटडोर गेम तथा प्ले स्टेसन भएको यो स्कुल प्राइम लोकेसनमा भएकाले बालबालिकाहरूका लागि निकै उपयुक्त छ ।

बौद्ध तीनचुलीस्थित टोड्टलर्स इन्टरनेसनल प्रि–स्कुल स्वच्छ तथा घरेलु वातावरणयुक्त हुनुका साथै बालमैत्री छ । बालबालिकाको बौद्धिक विकासमा बढी केन्द्रित यो स्कुलमा सैद्धान्तिक एवं अन्य विभिन्न किसिमका आउटडोर क्रियाकलापद्वारा बालबालिकाहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिन्छ । टोड्टलर्स इन्टरनेसनल प्रि–स्कुलकी एजुकेसन डाइरेक्टर रञ्जना प्रधान भन्छिन्–हामीकहाँ अध्ययनरत बालबालिका हरेक कोणबाट अब्बल तथा निडर छन् । प्राक्टिकल विषयमा बढी केन्द्रित गराइने हुनाले हामी जीवन र जगत्लाई नजिकबाट नियाल्ने मात्र होइन त्यसलाई गहिरिएर बुझ्न सक्ने व्यक्तित्व निर्माणमा जुटिरहेका छौं ।

सानो भर्‍याङ स्वयम्भूस्थित हाइड एन्ड सिक प्रि–स्कुलमा अहिले सयभन्दा बढी बालबालिका अध्ययन गरिरहेका छन् । बालमैत्री वातावरण निर्माणका लागि यो स्कुलको भवनमा विभिन्न चित्र देख्न पाइन्छ । फराकिलो प्ले ग्राउन्डका साथै पृथक् शैलीका खेलकुद सामग्री अनि शतप्रतिशत मन्टेश्वरी पद्धतिमा आधारित पाठ्यक्रम यहाँका विशेषता हुन् । हाइड एन्ड सिककी संस्थापक प्रिन्सिपल कुमुद भट्ट छतकुली भन्छिन्–मैले जापानमा पढेको, सिकेको र देखेको ज्ञानलाई यहाँका बालबालिकामा लागू गर्न खोजेकी छु जुन सफल पनि हुँदैछ । बालबालिकालाई महँगा चीज होइन माया र अपनत्व दिनुपर्छ । हाइड एन्ड सिक प्रि–स्कुलमा विभिन्न चाडवाडमा विद्यार्थीहरूसँग सेलिब्रेसन गरिन्छ जसले उनीहरूलाई आफ्नो संस्कारप्रति कर्तव्य बोध गराउँछ भने संस्कृतिका सम्बन्धमा जानकारसमेत बनाउँछ ।

एन्जेल मन्टेश्वरी एन्ड प्रि–स्कुल धापासीकी प्रिन्सिपल अनु डंगोल राई भन्छिन्–‘नौ वर्षदेखि निरन्तर चलिरहेको हाम्रो स्कुलमा पूर्ण मन्टेश्वरी पद्धतिमा आधारित शिक्षा प्रदान गरिन्छ । हामी बालबालिकाको समग्र शैक्षिक विकास एवं सुरक्षामा कटिबद्ध छौं । हामी बालबालिकाहरूलाई फिल्ड ट्रिप, प्यारेन्ट्स एक्जिबिसन, म्युजिक–डान्स, तेक्वान्दो आदि विभिन्न क्रियाकलापमा सहभागी गराउँछौं ।’ साढे चार रोपनी जग्गामा फैलिएको यो स्कुलमा मिनी–जु, प्ले ग्राउन्ड तथा स्विमिङ पुलसमेत छ । अण्डा, फलफूल, तरकारी सबै आफ्नै बारीको ख्वाइने एन्जेल मन्टेश्वरीको विशेषता भनेकै गुणस्तरीय शिक्षा हो । २ देखि ६ वर्षसम्मका ७५ जना बालबालिका अध्ययनरत यो मन्टेश्वरीमा पिकअप तथा ड्रपको व्यवस्था छ ।

लिटिल पेगासस मन्टेश्वरी स्कुलको स्थापना वि.सं. २०६८ सालमा भएको हो । धापासीस्थित यो स्कुलमा यातायातको राम्रो सुविधा हुनुका साथै शुल्क पनि सुलभ छ । व्यस्त अभिभावकको समयलाई मध्यनजर गर्दै बालबालिकाको विशेष स्याहार तथा डे केयरको समेत सुविधा उपलब्ध गराइने पेगाससकी प्रिन्सिपल रमा भेटुवाल बताउँछिन् । यहाँ बालबालिकाको वृद्धि विकासका लागि आवश्यक पर्ने पोषिलो खाना ख्वाइन्छ । डायनामिक, इन्डिभिजुअल, प्रोग्रेसिभ तथा केयरिङ शैक्षिक वातावरणमा अध्यापन गराइन्छ । यहाँ किन्डरगार्टेन, डे केयर तथा प्यारेन्ट टोडलरजस्ता कार्यक्रमको व्यवस्था पनि छ । प्रशस्त मात्रामा आउटडोर गेम तथा प्ले स्टेसन भएको यो स्कुलमा पूर्व प्राथमिक विद्यालयसमेत संचालित छ । आगामी शैक्षिक सत्रदेखि नै मन्टेश्वरी विधिद्वारा विद्यालयमा प्राथमिक विद्यालय संचालन गर्ने लक्ष्य लिइएको छ ।

५ जना विद्यार्थीबाट प्रारम्भ भएको यो स्कुलमा हाल ७५ जना विद्यार्थी छन् । प्रत्येक १० जना विद्यार्थीका लागि एक शिक्षिका तथा सहयोगी शिक्षिका एवं आयाको व्यवस्था छ । योग्य तथा तालिम प्राप्त शिक्षकहरूबाट मायालु वातावरणमा स्मार्ट शिक्षा प्रदान गरिने पेगाससमा प्रत्येक विद्यार्थीलाई विशेष बनाउने अवधारणाका साथ उनीहरूको क्षमता पहिचान गरि र सोहीअनुरूप व्यवहार गरिन्छ । बालबालिकाको ५० प्रतिशत प्रतिभा ६ वर्षको उमेरभित्र विकास हुने हँुदा उनीहरूको विकासमा विशेष ध्यान पुर्‍याउनुपर्छ । पेगाससमा धेरैभन्दा धेरै वर्कसपमार्फत बालबालिकाहरूलाई व्यस्त राखिन्छ । यहाँ छुट्टै संगीत, नृत्य, चित्रकला तथा योग शिक्षकको व्यवस्था पनि छ । यहाँ विद्यार्थीहरू रमाउँदै पढ्न आउँछन् र लामो समयसम्म स्कुलमै बस्न चाहन्छन् । यसले गर्दा अभिभावकमा सकारात्मक सोचको विकास भएको दाबी प्रिन्सिपल रमाको छ । यहाँ खेल्दै सिक्ने (लर्न थु्र प्लेइङ) अवधारणा अवलम्बन गरिएको छ । टेक्नोलोजीको प्रयोग गरी आधुनिक शिक्षालाई सरल र व्यावहारिक बनाई शिक्षा प्रदान गरिने यो स्कुल २४ सै घन्टा सिसी क्यामेराको निगरानीमा रहन्छ ।

वि.सं. २०६६ सालमा स्थापना भएको बालुवाटार स्कुल प्राथमिक लेभलबाट सुरु भएको थियो । यसलाई प्रत्येक वर्ष अपग्रेड गर्दै लाने लक्ष्य रहेको स्कुलकी प्रिन्सिपल ईशा वैद्यले बताइन् । अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त यो स्कुलको भवन भूकम्पप्रतिरोधक छ । ‘गो ग्रिन’ को अवधारणाअनुरूप यहाँ बोटबिरुवा प्रशस्त मात्रामा रोपिएको छ । यहाँ बालबालिकाले हरियाली वातावरण प्राप्त गर्नुका साथै प्रशस्त खेल्ने ठाउँ पनि पाउँछन् । प्रोग्रेसिभ एजुकेसन (प्रयोगात्मक शिक्षा) लाई फलो गरिएको यो स्कुलमा तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइन्छ । यहाँ स्वीमिङ, कराँते, नृत्य, नाटक, एंकरिङ, फुटसल, योग तथा ध्यानसमेत सिकाइन्छ । यो स्कुलमा समय–समयमा विदेशी शिक्षकहरूले विशेष कक्षा लिनुका साथै अन्तर्राष्ट्रिय स्कुलका विद्यार्थीहरूसँग अन्तरक्रियासमेत गराइन्छ भने यहाँका छात्रछात्राहरूलाई अन्तर्राष्ट्रिय स्कुल भिजिटका लागि पनि लाने गरिएको प्रिन्सिपल ईशाले बताइन् । यहाँ शान्त तथा घरकै जस्तो वातावरणमा अध्यापन गराइन्छ । विद्यार्थी तथा शिक्षकको बीचमा पर्याप्त संवाद हुन्छ । बिहान स्न्याक्स र लन्च गरी दुईपटक खाना ख्वाइन्छ । यहाँ ख्वाइने खाना ताजा तथा स्वस्थकर हुने प्रिन्सिपल ईशा बताउँछिन् । सिसी क्यामेरा राखिएको यो स्कुलमा विद्यार्थीहरू प्रशस्तै रमाउँछन् । यहाँ अडियो, भिजुअलको व्यवस्था समेत छ ।

सही सिकाइका लागि

-    स्कुलको मात्र भर नपरी बालबालिकालाई घरमा पनि उनीहरूको रुचिअनुरूप प्राक्टिस गर्न लगाउने ।

-    उनीहरूको क्षमता हेरी सोहीअनुरूपका टिभी कार्यक्रम हेर्न दिने वा अन्य बाहिरी कार्यक्रममा सहभागी गराउने ।

-    बालबालिकालाई गाली गरेर वा धम्क्याएर होइन एक–दुई पटक बदमासी सहेर भए पनि उनीहरूलाई महसुस हुन दिनुपर्छ ।

-    गल्ती दोहोर्‍याइरहे उनीहरूप्रति चनाखो हुनुपर्छ ।

-    होमवर्क गर्न वा दिइएको निश्चित पाठ पढ्ने कुरामा उनीहरूलाई कहिलेकाहीँ रिवार्ड दिएर पनि उत्प्रेरित गर्न सकिन्छ ।

                      रञ्जना प्रधान, एजुकेशन डाइरेक्टर, टोड्लर्स इन्टरनेशनल प्री स्कुल

बालबालिकाका लागि मन्टेश्वरी शिक्षा नै किन ?

यो फरक किसिमको सिकाइ हो । यसमा जुनसुकै ज्ञान आर्जन गर्नुपर्दा, हाम्रा ५ इन्द्रिय (आँखा, नाक, कान, जिब्रो, छाला) प्रयोग गरेर सिकिन्छ–सिकाइन्छ । यो पद्धतिअनुसार बालबालिकाले हेरेर, छोएर, सुँघेर, सुनेर तथा स्वाद चाखेर कुनै पनि बस्तुका बारेमा जान्ने तथा सिक्ने अवसर प्राप्त गर्छन् । यो पूर्णरूपमा व्यावहारिक शैक्षिक पद्धति हो तर यसमा सैद्धान्तिक पक्ष हुँदै हुदैन भन्ने होइन । किताबी ज्ञानलाई व्यवहारमा उताररिने हुँदा यो प्रणाली बालबालिकाहरूको समग्र विकासका लागि अत्यन्त सहयोगी छ ।

यो शिक्षाले नेपाली बालबालिकाको कस्तो प्रगति गरिरहेको महसुस गर्नुभएको छ ?

मन्टेश्वरी पढेका विद्यार्थी पक्कै पनि आमविद्यार्थी भन्दा फरक हुन्छन् । उनीहरू निडर, चुनौती सामना गर्न सक्ने, आत्मविश्वासी तथा रुचिका क्षेत्रमा अब्बल भएर निस्कने कुरामा कुनै शंका छैन ।

 

मुलुकका लागि यसको प्रभाव कस्तो हुन्छ ?

दक्ष जनशक्ति उत्पादन हुनु भनेको मुलुक समृद्धिको बाटोतर्फ थप एक कदम अघि बढ्नु हो । एउटा अब्बल व्यक्तिले देशका लागि जति योगदान गर्नसक्छ सय जना असक्षमले पनि त्यति गर्न सक्दैनन् । ह्युमेन डेभलपमेन्ट नै मुलुकको विकासको पहिलो खुड्किला हो ।

                            शैलजा अधिकारी, संस्थापक प्रिन्सिपल, युरो किड्स, टंगाल

 Image