Successfully Copied

केशलाई ‘केराटिन ट्रिटमेन्ट’

केराटिन एक ब्राजिलियन ट्रिटमेन्ट हो । यसले सुख्खा, बिग्रिएको, रंगाइएको र फ्रिजी हेयरलाई रिपेयर र मेन्टेन गर्ने काम गर्छ ।

अनुजा श्रेष्ठ, सौन्दर्य विशेषज्ञ

परफेक्ट हेयर स्टाइलका लागि केश स्वस्थ हुनु जरुरी छ । केशलाई सिल्की बनाउन रसायनको प्रयोग गरिँदै आएको छ । तर, केशलाई रसायनले भन्दा प्रोटिनले सिल्की बनाउन उपयुक्त हुन्छ । पछिल्लो समय केश स्वस्थ राख्न ‘केराटिन ट्रिटमेन्ट’ प्रयोगमा आएको छ ।

के हो केराटिन ट्रिटमेन्ट ?

केराटिन एक ब्राजिलियन ट्रिटमेन्ट हो । यसले सुख्खा, बिग्रिएको, रंगाइएको र फ्रिजी हेयरलाई रिपेयर र मेन्टेन गर्ने काम गर्छ । केराटिन ट्रिटमेन्टले केश मुलायम, चिल्लो, सिल्की र चम्किलो बनाउँछ । केराटिन केशमा भएको एक प्राकृतिक प्रोटिन हो । केश चम्किलो र स्वस्थ बनाउन यसले सहयोग गर्छ । केराटिनले केशको सुरक्षाकवचको काम गर्छ । तर प्रदूषण, धेरै केमिकलको प्रयोग, खराब जीवनशैली र लगातार घाममा बस्दा केशमा रहेको केराटिन विस्तारै कम हुँदै जान्छ । त्यसपछि केश बिग्रन्छ, रुखो हुन्छ, टुक्रिन्छ । केशको चमक हराउँदै जान्छ र चायाँले सताउन थाल्छ ।

बढ्दो उमेरका कारण पनि केशको केराटिन गुम्न थाल्छ । यसरी गुमेको केराटिनलाई फेरि रिपेयर गर्न ‘केराटिन ट्रिटमेन्ट’ गरिन्छ । यो एक कृत्रिम विधि हो । यो ट्रिटमेन्ट अहिले निकै लोकप्रिय छ । यसले केशलाई प्राकृतिक रूपमा ३०–४० प्रतिशत सिल्की देखाउँछ ।

कसरी गरिन्छ ?

केराटिनमा एक मात्र क्रिमको प्रयोग गरिन्छ । यसमा केशको घनत्व हेरेर लगभग नब्बे मिनेटसम्म क्रिम लगाएर राखिन्छ । त्यसपछि केशलाई धुनुको सट्टा हेयर स्ट्रेटनरको मद्दतले केशलाई सीधा बनाइन्छ । ‘केराटिन ट्रिटमेन्ट’ ले केश शतप्रतिशत सीधा हुँदैन । यसले केशलाई आवश्यक प्रोटिन उपलब्ध गराई लगभग ३० प्रतिशत सीधा बनाई केश सिल्की, नरम र बलियो बनाउँछ । यो तीन महिनासम्म रहन्छ र यो प्रक्रिया आवश्यकतानुसार हरेक तीन–तीन महिनामा गर्न सकिन्छ । प्रायः महिलाहरूले केशमा कुनै न कुनै रसायनको प्रयोग गरिरहेका हुन्छन् । यसले केशमा क्षति पुर्‍याइरहेको हुन्छ । बढी बिग्रेको र रफ केशमा यो ट्रिटमेन्ट उपयोगी हुन्छ ।

फाइदा के छ ?

‘केराटिन ट्रिटमेन्ट’ गरेपछि केश चम्किलो र प्राकृतिक रूपमा सिल्की बन्छ । केश अल्झिने एवं लट्टा पर्ने हुँदैन । केश टुक्रिन पाउँदैन । प्रदूषणबाट बचाउन मद्दत गर्छ । सूर्यको हानिकारक विकिरणबाट पनि बचाउँछ । यो ट्रिटमेन्टले केशलाई मेन्टेन गर्न सजिलो हुन्छ । कतै जानुपरेमा केशको चिन्ता लिनुपर्दैन । यो ट्रिटमेन्ट गरेपछि ४–५ महिनासम्म ढुक्क भइन्छ । केराटिन जुनसुकै सिजनमा पनि गर्न मिल्छ । यो स्थायी स्ट्रेट गरेजस्तो हुँदैन, नेचुरल स्ट्रेट जस्तो देखिन्छ ।

केराटिन गरेपछि...

द्धस्ट्रेट गर्नुहुँदैन ।

द्धकेशमा कलर लगाउनुहुँदैन ।

द्धतेल मसाज गर्नुहुँदैन ।

द्धसल्फेट फ्रि स्याम्पु मात्र प्रयोग गर्नुपर्छ ।

के गर्ने ?

केराटिन गरेपछि मिथिक आयलले मसाज गर्न मिल्छ । मसाज गर्नका लागि कचौरामा ७–८ थोपा तेल राख्ने र तातोपानीमा डुबाउनुपर्छ । तेल तातेपछि केशमा लगाएर हातले हल्का मसाज गर्नुपर्छ । यो तेललाई ओभन वा ग्यासमा तताउनु हुँदैन । मसाज गरेपछि तौलियालाई तातोपानीमा डुबाएर निचोर्ने र केशमा बेर्ने वा बाफ लिन सकिन्छ । बाफ लिएपछि १० मिनेटपछि केश पखाल्नुपर्छ । जब केश पखाल्ने बेला हुन्छ, तब मिथिक कन्डिसनरमा ३–४ थोपा मिथिक आयल हालेर ७–८ मिनेट छोड्ने र पछि पखाल्ने । जुन पायो त्यही स्याम्पु वा कन्डिसनरको प्रयोग गर्नुहुँदैन । सल्फेट फ्रि हुनुपर्छ । कन्डिसनर ७–८ मिनेट केशमा लगाएपछि छोड्नुपर्छ । जसले गर्दा थप मुलायम र नरम हुन्छ । केराटिन गरेपछि महिनामा एकपटक हेयर स्पा गर्दा राम्रो हुन्छ । केराटिन प्रोटिनले ट्रिटमेन्ट गरेपछि स्पेशल स्याम्पु, कन्डिसनर र हेयर स्टाइलिङ उत्पादनको प्रयोग गर्नुपर्छ ।

 Image