गर्मीमा छाला स्याहार
दिनहुँ अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि गुणस्तरीय क्रिम प्रयोग गर्नुपर्छ । काँचो दूधले पनि क्लिन्जिङ गर्न सकिन्छ ।

विवाह हरेकको जीवनको सबैभन्दा महत्वपूर्ण र सुन्दर दिन हो । विवाहको दिनलाई विशेष बनाउन केही विशेष उपाय अपनाउन सकिन्छ ।
ट्रेडिसनल लुक्स
गोल्डेन सेड हिजोआज निकै लोकप्रिय हुादै गएको छ । यसमा आँखामा चमक ल्याउन गोल्ड आइस्याडो लगाउनुपर्छ, आइलिडमा स्मज लाइनर तथा लोअरलिडमा बाक्लो गाजल लगाएर आँखालाई आकर्षक बनाउन सकिन्छ । आइल्यासेजमा आइलेस कलर लगाएपछि मस्कारा प्रयोग गर्नुपर्छ ।
एम्बेलिस्ड लुक
पहिले आँखामा ब्राइडल टच दिन कपर सेडको आइस्याडो लगाउने । त्यसपछि आइब्रोजमा सेतो वा क्रिमको मिस्क सेडले हाइलाइट गर्ने । आँखामा अझ चमक दिन ड्युअल कन्टास्टिङ कलर प्रयोग गर्न सकिन्छ । आइलिडको भित्री कुनामा ब्लु र बाहिरी कुनामा इमरल्ड ग्रिन सेडबाट विंग्ड लाइनर लगाउने । आँखाको तल पनि हलुका ग्रिन सेड विंग्डसँग जोडेर लगाउने । यसका साथै वाटर लाइनमा गाजल लगाउने । आँखालाई पूर्ण सेन्सुअल लुक दिन परेलामा कृत्रिम ल्यासेज लगाउने । ल्यासेजलाई आइलेस कलरले रंगाएर मस्कारा लगाउने ताकि यो नेचुरल ल्यासेजसँग उत्कृष्ट ढंगले मर्ज होस् ।
ब्रोन्ज लुक
यो मेकअपअन्तर्गत गालामा ब्लसओनको ठाउँमा ब्रोजरको प्रयोग गरिन्छ । यो लुक्समा डार्क आइब्रोज, बोल्ड लाइनर, गाजल तथा मस्कारा प्रयोग गरी आइ मेकअपलाई पूर्ण बनाइन्छ । केन्द्रमा रातो रंगको बोल्ड टीका र ओठमा चम्किलो रातो कलर प्रयोग गरी सुन्दर देखिन सकिन्छ ।
क्याट आई लुक
आइलिडमा ग्रिन आइस्याडो प्रयोग गर्ने । बिरालाको जस्तो चम्किलो आाखा बनाउन कुनामा प्वाइन्ट बनाउने । आँखाको आकारलाई डिफाइन गर्न आइस्याडोबाट कन्टास्टिङ सेड जस्तो टरक्वाइस ब्लु कलरको लाइनर प्रयोग गर्ने । वाटरलाइनमा पनि ब्लु कलर नै प्रयोग गर्ने । आइ मेकअपलाई पूर्ण ब्राइडल लुक्स दिन लाइनरको माथि सानो ब्लु स्वरोस्की तथा परेलामा आर्टिफिसियल ल्यासेज लगाएपछि मस्कारा लगाउने । त्यसपछि पिंक कलरलाई गाला र ओठमा प्रयोग गर्ने ।
ग्राफिकल लाइनर र रातो ओठ
आई मेकअपमा यो पछिल्लो ट्रेण्ड हो । ग्राफिकल लाइनर अनुहारमा निकै आकर्षक देखिन्छ । यो शैलीमा आँखामा केवल न्युड सेड प्रयोग गरिन्छ । निधारमा रातो बोल्ड बिन्दी तथा पूरा आइब्रोजमा स्टिकर बिन्दिया यो मेकअपमा निकै खुल्छ । अनुहारलाई सफ्ट लुक दिन कन्टुरिङ गर्ने र ओठमा बोल्ड रातो रंगको लिपिस्टिक प्रयोग गर्ने ।