केशको प्राकृतिक उपचार
बदलिँदो मौसम र खराब जीवनशैलीले हाम्रो केशमा नकारात्मक असर देखिन थालेको छ । केश रुखो र अस्वस्थ देखिनु नकारात्मक असर हो । यसबाट छुटकारा पाउन सही खानपान र केशको हेरचाहमा ध्यान दिन आवश्यक छ ।
जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिक छैठौं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा डुब्लो गोल्ड उपकरण पनि लन्च गरेको थियो । क्लिनिकले स्थान परिवर्तन गरी आगामी दिनमा जावलाखेलस्थित जावा भवनबाट सेवा दिने क्लिनिक प्रमुख डा स्मृति श्रेष्ठले बताइन्। नयाँ लोकेसनमा खुलेको उक्त उपकरण तथा शाखाको उद्घाटन कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पराक्रम राणाले गरेका थिए । सो डिभाइस स्किन टाइटनिङका लागि उपयोगी हुने जानकारी डा. स्मृतिले दिइन् । अनोभाले बोटक्स, हेयर रिमुभल, हाइड्राफेसियल, केश उमार्ने लगायतका
सेवा प्रदान गर्दै आइरहेको छ ।