‘मेरो दुःख पोख्ने साथी गीत हो’ - राधिका अधिकारी
गीतमा जीवन भेटियोस् भन्ने लाग्छ । त्यो कहिले माया भएर पोखिन्छ, कहिले समाजका अन्य घटनाक्रम गीतमा लेखिन्छ ।

उमेरको हिसाबले प्रशस्ति अर्याल अहिले किशोरावस्थामा छिन् । उनी १७ वर्षकी भइन् । यही उमेरलाई जीवनकै ‘स्वर्ण काल’ भनिन्छ । अनेकौं शारीरिक तथा मानसिक उथलपुथलबाट गुज्रनुपर्ने यो उमेरलाई प्रशस्तिले अक्षरहरूबाट व्यक्त गरेकी छिन् अर्थात् उनले किशोरावस्थाको अनुभूतिलाई कविता र लेखमार्फत पोखेकी छिन्, जो अहिले पुस्तकका रूपमा आएको छ । पुस्तकको नाम हो–रेड मुन ।
यो अंग्रेजी भाषामा लेखिएको छ । प्रशस्ति आफ्ना पुस्तकको सन्दर्भमा भन्छिन्–‘यो उमेरमा धेरै किसिमको उथलपुथल आउँछ । यही अवस्थाका अनुभूतिहरू मैले पुस्तकमा समेटेकी छु ।’ ‘केही कुरा बिर्सनुपरेमा म त्यसलाई डायरीमा लेख्छु । यो कृति त्यसैको एक रूप हो ।’ किशोरावस्थामा हुने एक्लोपन, शारीरिक परिवर्तन र भावनालाई उनले कवितामार्फत प्रस्तुत गरेकी छिन् ।
उनी लाजिम्पाटस्थित केन्द्रीय विद्यालयको विज्ञान संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत छिन् । यो उनको पहिलो कृति हो । सानैदेखि लेखनमा रुचि राख्ने प्रशस्ति एकैसाथ दुई उपन्यास लेख्दैछिन् ।