सम्मी थापा स्वयं एकल आमा हुन् र उनी अन्य एकल महिलाहरूको लागि काम गर्दै आएकी छिन् । एकल महिलाको हक, अधिकारका लागि आफ्नै बलबुतामा सम्मीदा नामक संस्था खोलेर धेरै एकल महिलालाई उनीहरूको हक अधिकार दिलाइसकेकी सम्मीले भूकम्पपछि बुङमतीमा ६० वटा तथा सतुङ्गलमा १० वटा सेल्टर होम बनाइदिएकी छिन् । उत्कृष्ट काम गरकै कारण उनलाई इन्टरनेसनल पीस अवार्डको लागि छनौट गरिएको हो । अक्टुबर २३ मा हुने एन पीस अवार्डको लागि उनी अमेरिकाको न्यूयोर्क जाँदै छिन् । ब्युटिसियन, टुरिष्ट गाइड समेत भएर आफ्नो संस्थालाई चलाइरहेकी सम्मी महिलाले अधिकार मात्र खोज्ने होइन काम पनि पुरुषकै बराबरी गर्नु पर्छ भन्ने मान्यता राख्छिन् । उनी हरेक क्षेत्रमा त्यतिकै सक्रिय छिन् । पहिले र्याम्प मोडल समेत रहेकी सम्मीले संसारलाई नेपालकी छोरी हो भनेर चिनाउनेछु बोलको गीत लेखेकी छिन् जुन कुरा उनले विश्व शान्ति पुरस्कार पाएर प्रमाणित गरेकी छिन् । दक्षिण एसियाली मुलुकका १० जनाले पाउने यो अवार्डमा सबैको विधा भने फरक–फरक छ । उनले अनटोल्ड स्टोरीमा अवार्ड पाउन लागेकी हुन् । अर्की नेपाली चेली कौसिला चौधरीले पनि क्याम्पीयन फर एक्सनमा एन पीस पुरस्कार पाउने भएकी छिन् । पूर्वकमलरी कौसिलाले पनि जीवनमा ठूलो संघर्ष गरेकी छिन् ।