Successfully Copied

व्यवसायमा जमेकी ज्योति

मुम्बई अलिबागमा जन्मिएकी ज्योति थापाले कमर्समा ब्याचलरसम्मको अध्ययन त्यहीँको जे.एस.एम. कलेजबाट पूरा गरिन् ।

मुम्बई अलिबागमा जन्मिएकी ज्योति थापाले कमर्समा ब्याचलरसम्मको अध्ययन त्यहीँको जे.एस.एम. कलेजबाट पूरा गरिन् । रामेश्वर सिंह थापासँग वैवाहिक जीवनमा बाँधिएपछि नेपाल आएकी ज्योति महिलाको आर्थिक सशक्तीकरणका सम्बन्धमा निकै सचेत थिइन् । उनलाई यस्तो काम गर्न मन लाग्यो जुन कसैले नगरेका हून् अनि त्यसबाट महिलाहरू आर्थिक रूपमा निर्भर बन्न सकून् । हरक्षण सक्रिय रहन मन पराउने ज्योतिले सुरुका दिनमा आफूलाई सिलाइ कटाइ एवं हस्तकलामा व्यस्त राखिन् । यही सिलसिलामा उनले त्यसैसँग सम्बन्धित इन्स्िटच्युट चलाएर धेरै नेपाली महिलालाई सीपको धनी बनाइन् । १० वर्ष उक्त काम गरेपछि २०६९ सालमा उनले नेपाली बजारमा अचार मसलाको अभाव महसुस गरी स्वाद अचार मसलाको उत्पादन थालिन् । अहिले उनको व्यवसाय फस्टाइरहेको छ । ज्योति भन्छिन्-'महिलाको आर्थिक सशक्तीकरणका लागि पारिवारिक सहयोग एवं शिक्षा महत्वपूर्ण हुन्छ भने आफूले जुन काम गर्न चाहेको हो त्यससम्बन्धी ज्ञान र सीप पनि उत्तिकै आवश्यक हुन्छ ।'

मोडलिङमै रमाउने जानकी

मोडलिङलाई हेर्ने सकारात्मक सोचको विकास हुनु जरुरी छ भन्ने २२ वषर्ीया मोडल जानकी गुरुङ आफ्नो काममा अडिग भएर लागेकी छिन् । आफ्ना आमाबुवाको इच्छाविपरीत यो क्षेत्रमा प्रवेश गरेकी गुरुङ अहिले परिवारले पनि मोडलिङ पेसालाई सम्मान गर्न थालेकोमा खुसी छिन् । जानकी मोडलिङबाहेक सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । सन् २०१४ मा सम्पन्न मिस फस्ट ब्युटी वल्र्ड नेपालकी विजेता जानकी कोरियामा भएको प्रतिस्पर्धामा पनि टप टेनभित्र पर्न सफल भएकी थिइन् ।

मेहनति शान्ता

लामो समयदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील शान्ता थापाको यात्रा नेपालमा मात्र सीमित छैन । उनी भारतमा समेत लोकपि्रय छिन् । फरासिली तथा कर्मठ शान्ता सौन्दर्यसम्बन्धी जुनसुकै कलामा दक्ष छिन् । उनी एक मिनेटमै जस्तोसुकै केश सज्जा गर्न सक्छिन् । आकर्षक व्यक्तित्वकी धनी थापा शान्ताज हेयर एण्ड ब्युटी सैलुन एण्ड एकेडेमीकी संचालक हुन् । हजारौं विद्यार्थीलाई तालिम प्रदान गरिसकेकी शान्ता फुर्सदमा पुस्तक पढ्न रुचाउँछिन् । नेपालमै गुणस्तरीय सौन्दर्य प्रसाधन उत्पादन गर्ने उनको योजना छ ।

 Image