Successfully Copied

अस्टियोपोरोसिस भएकाले के खाने ? 

अस्टियोपोरोसिस (हड्डी मक्किने रोग) बाट जोगिन क्याल्सियम तथा भिटामिन डी बढी भएका खानेकुरा खानुपर्छ । यसका लागि दूध तथा दूधबाट बनेका खानेकुरा उपयुक्त हुन्छन् । 

    अस्टियोपोरोसिस (हड्डी मक्किने रोग) बाट जोगिन क्याल्सियम तथा भिटामिन डी बढी भएका खानेकुरा खानुपर्छ । यसका लागि दूध तथा दूधबाट बनेका खानेकुरा उपयुक्त हुन्छन् । 

    ड्राइ फ्रुट्स, हाडे बदाम तथा तोफुबाट पनि क्याल्सियम प्राप्त हुन्छ । यसैगरी दही, चीज, हरिया सागपात, ब्रोकाउली, सुन्तला, फलफूल एवं गेडागुडी खाँदा पनि फाइदा हुन्छ । 

    घाममा बस्दा पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । शरीरको सबै भागमा घाम पर्ने गरी सन बाथ लिनु बढी प्रभावकारी हुन्छ । 

    यसैगरी भिटामिन डी पाइने खानेकुरा सालमोन, माछा, च्याउ आदि खान सकिन्छ । 

    मद्यपान तथा धूम्रपान नगर्नु नै वेश हुन्छ । 

विशेष ध्यान 

अस्टियोपोरोसिस भएका मानिसले हिँडडुल गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । यसमा हड्डी कमजोर हुने भएकाले सामान्य ठेस लाग्दैमा भाँचिन सक्छ । 

 Image