Successfully Copied

गर्भवती महिला र होली 

होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन । 

    होली भन्ने बित्तिकै हामीलाई रङ, अबिर, मीठा परिकार तथा भाङको सम्झना आउँछ । यो पर्वको मज्जा गर्भवतीहरू पनि उठाउन चाहन्छन् । 

    गर्भवतीहरूले भागदौड गर्नुभन्दा सजग भएर होली खेल्न सक्छन् ।

    यो दिन तराईतिर होलिका जलाउने चलन भएकाले होली खेल्दा नाइलन तथा सिन्थेटिकका पहिरन होइनकी आगो नटिप्ने कटनका पहिरन लगाउनुपर्छ । 

    होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन । 

    रसायनिक रंगले समय अगावै बच्चा जन्मिने संभावना हुन्छ । 

    यसैगरी हरियो रंगमा मिसाइने कपर सल्फेटले आँखा चिलाउने, सुन्निने तथा रातो बनाउने काम गर्छ । यसले शिशुको स्वभाविक वृद्धिमा असर पार्नुका साथै हड््डी कमजोर भै गर्भपतन समेत गराउने संभावना हुन्छ । 

    होलीमा पानी पनि खेलिने भएकाले चिप्लिने संभावना हुन्छ । चिप्लिदा गर्भमा रहेको शिशु तथा महिलालार्ई नकारात्मक असर पर्न सक्छ । 

    प्राकृतिक रङ नै प्रयोग गरी होली खेल्नुपर्छ । 

    होलीमा रंगका साथै मीठा परिकारहरू पनि खाइन्छ । धेरै मात्रामा गुलिया खानेकुरा खाँदा गर्भावस्थामा मधुमेह (जेस्टेसनल डायबेटिज) देखापर्न सक्छ ।

    धेरै मसालेदार तथा चिल्ला खानेकुरा खानुहुँदैन । यसैगरी भाङ, गाँजा, मद्यपान आदि सेवन गर्दा गर्भस्थ शिशुको मस्तिष्क तथा स्नायुप्रणालीमा असर पर्न सक्छ । 

    गर्भवती महिलाले होसियार भै होली खेल्नुपर्छ । भैपरी आउने कुराका लागि इमरजेन्सी किट तथा चिकित्सकको नम्बर पनि तयार राख्नुपर्छ । 

 Image