युवावस्था त्यसै पनि सुन्दर देखिने उमेर हो ।
यो उमेरका युवती त्यति धेरै मेकअप नगरे पनि आकर्षक देखिन्छन् ।
हिजोआज टिनएजर्स मेकअपका प्रशस्तै प्रसाधन बजारमा उपलब्ध छन् ।
वैशाख महिना नयाँ वर्षलगायत विवाहका समेत थुप्रै पार्टी हुने समय हो । विशेषत: रातिको
पार्टीमा सहभागी हुँदा टिनएज मेकअपमा विशेष ध्यान पुर्याउनुपर्छ ।
टिनएज मेकअप बढी कलरफुल हुनु हुँदैन ।
टिनएजर्सका लागि लिपिस्टिकबाहेक अन्य मेकअप न्युड नै राम्रो देखिन्छ ।
पहिरन, छालाको रंग तथा अनुहारको सेप हेरी सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ । टिनएजका लागि मस्कारा तथा लाइनर महत्वपूर्ण हुन्छन् ।
प्राइमरदेखि कन्सुलर र फिनिसिङसम्म न्युड कलर प्रयोग गर्दा नेचुरल लुक्स आउँछ । त्यसमा उज्यालो रंगको लिपिस्टिकलगाउँदा निकै आकर्षक देखिन्छ ।