वर्षाको पहिरन
कतै हिँडडुल गर्दा पानीले भिज्ने भएकाले यसबेला सकेसम्म चाँडै सुक्ने पहिरन लगाउनुपर्छ । वाटरप्रुफ ज्याकेट लगाउन सकिन्छ ।
केश झर्नबाट रोक्न केशलाई बाफ दिइरहनुपर्छ ।
हप्तामा दुईपटक दहीमा कागती निचोरेर लगाउँदा पनि केश झर्न रोकिन्छ ।
लट्टा परेर केश बढी झर्छ, त्यसैले केशमा लट्टा पर्न दिनुहुुँदैन ।
नरिवलको तेलमा मेथीको दाना पकाएर नियमित रूपमा लगाए केश झर्न रोकिन्छ ।
हप्ताको एकपटक नियमित रूपमा केशको उपचार गराउनुपर्छ ।