लामो इतिहास बोकेको ‘किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले ब्राण्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठलाई नियुक्त गरेको छ । आफ्ना उत्पादनको प्रवद्र्धनका लागि नेपालको ‘आइरन लेडी’ भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सरका रूपमा नियुक्त गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि. (आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन्, जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको छ ।
विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन, र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । ‘स्यान्डविच बटम’ तथा ट्राईप्लाई (तीन लेयर) प्रविधिको अग्रणीका रूपमा परिचित यस ब्रान्डले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन देखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । फिचर र फिनिशमा ध्यान दिदै ब्रान्डले सन्तुलित मूल्य र गुणस्तरका उत्पादनहरू उपलब्ध गराउदै आएको छ, जसले एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका युरोपसम्म लाखौं उपभोक्ताको विश्वास जितेको छ । विनोद कुकवेयर ईन्डियाको कास्ट आइरन रेन्ज पनि निक्कै लोकप्रिय छ । दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंग रहित तथा प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यसलाई नियमित भान्साको लागि भरपर्दो बनाएको छ ।
पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास ब्यक्त गरिएको नेपालका लागि कम्पनी प्रतिनिधी रमेश श्रेष्ठ बताउंछन । पुर्णिमाको दृढता, अनुशासन र आत्मविश्वासले चुलो चौकाबाट माथि उठी पेशामा लागेर आत्मनिर्भर भएका नारीको प्रतिनिधित्व गर्दछ । यो सहकार्यमार्फत विनोद कुकवेयर ईन्डियाले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यवद्र्धक किचेनवेयर प्रदान गर्ने लक्ष्य लिएको साथै उपभोक्ताले विनोद कुकवेयर खरिदको लागि गर्नुभएको खर्च भन्दा धेरै सन्तुष्टि प्राप्त गनु कुरा कम्पनीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।