जाडोमा ओठको सुरक्षा
गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।
सुनीता श्रेष्ठ, मनोवैज्ञानिक
तनाव व्यवस्थापन
–हरक्षण काम, बैंकिङ लोन, सवारीकर्जा, बालबच्चाको स्कुलको शुल्क आदिका बारेमा सोचेर बस्दा पक्कै पनि मानसिक बोझ बढ्छ ।
–यस्तो अवस्थामा आफ्नो प्रगति, उन्नति, उपलब्धि एवं खुसीका क्षणहरूलाई विश्लेषण गर्नुपर्छ ।
–तनाव घटाउन थिंक होइन फिल गर्नुपर्छ ।
–सुख–दु:ख जीवनका दुईपाटा हुन् भन्ने बोध गर्नुपर्छ र दु:ख नभएको भए कसरी सुखको अनुभूति गर्न सकिन्थ्यो भन्ने कुरा मनन गर्नुपर्छ ।
–तनावका कारण राति निद्रा लाग्दैन वा टाउको भारी हुन्छ भने सकारात्मक तथा रमाइला पुस्तक पढ्न सकिन्छ वा हास्यरसले भरिएका टेलिभिजन कार्यक्रमहरू हेर्न सकिन्छ ।