कस्तो मास्क लगाउने ?
बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।
उपयोगी र ताजा ब्रान्ड रोज्दा ४० प्रतिशत रकम जोगिन्छ । अहिले मार्केटमा बुम भैरहेका सामग्रीको तुलनामा यी सामग्री सुलभ हुन्छन् ।
प्रमोसनल सामग्री र कुपनमा ध्यान दिने । कतिपय मानिस यस्ता सामग्री कमसल वा मिति नाघेका हुन्छन् भनेर त्यति ध्यान दिँदैनन् तर छनोट गर्न जान्यो भने यी निकै लाभदायक साबित हुन सक्छन् ।
विभिन्न ब्रान्ड तथा आउटलेटको मूल्य तुलना गर्ने । यसो गर्दा उही र उस्तै प्रकारका सामग्री सुलभ मूल्यमा प्राप्त हुन्छन् ।
गिफ्ट कार्ड प्रयोग गर्दा १ सय रुपैंयाँको सामान ८० रुपैंयाँसम्ममा खरिद गर्न पाइन्छ ।
क्यासब्याकको अवसर छोप्ने । कतिपय सपिङ मल, स्टोर तथा मार्टहरूमा कार्डद्वारा सपिङ गर्दा क्यासब्याक अफर दिइएको हुन्छ त्यसको उपयोग गर्न सकियो भने पनि केही पैसा जोगिन्छ ।