Successfully Copied

खाद्य व्यवस्थापन

खाद्यपदार्थको व्यवस्थापनमा ध्यान पुर्‍याइएन भने दु:ख त हुन्छ नै अनावश्यक पैसाको नाश समेत हुन्छ ।

खाद्य व्यवस्थापन

रीता बस्नेत राउत, गृहिणी

    खाद्यपदार्थको व्यवस्थापनमा ध्यान पुर्‍याइएन भने दु:ख त हुन्छ नै अनावश्यक पैसाको नाश समेत हुन्छ ।

    भान्सामा गेडागुडी, दाल, मेथी, ज्वानो आदि खाद्यपदार्थ स्टोर गर्दा भाँडाको बिर्कोलाई टाइट राख्नुपर्छ ।

    खाद्यसामग्री राखिएको भाँडाभित्र हावा परेको खण्डमा ओसिने, ढुसी पर्ने डर हुन्छ ।

    रेडिमेड अचार, जाम, ससजस्ता चीजको राखनधरनमा सावधानी अपनाउनु जरुरी छ । विशेषत: यस्ता कुरा बालबालिकाका लागि बढी प्रयोग गरिने हुँदा उनीहरूको स्वास्थ्य प्रति  संवेदनशील हुनुपर्छ ।

    भान्सामा दुग्धजन्य पदार्थ एवं हरिया सागसब्जीलाई फ्रिजिङ गर्नुपर्ने हुन्छ ।

जिम गर्दा ध्यान दिउँ

सोफिया श्रेष्ठ, जिम इन्स्ट्रस्टर, गुड लाइफ फिटनेस सेन्टर मैतीदेवी

    फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो

निक्र्योल गर्ने ।

    गर्भावस्थामा कडा जिम गर्नु हँुदैन ।

    दम, मुटुरोगी तथा युरिक एसिडका बिरामीले लाइट जिम गर्नुपर्छ ।

    जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ ।

    जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।

स्वादिष्ट पकवानका लागि

सजना महर्जन, गृहिणी

    भान्सामा बस्दा सकारात्मक सोचका साथख पकवानतर्फ केन्द्रित हुनुपर्छ ।

    रिसाउँदै झर्किएर पकाइएको खानामा त्यसको नकारात्मक तरंग पर्नसक्छ जसको परिणाम सकारात्मक हुँदैन  ।

    खानालाई स्वादिलो बनाउन तेल–मसला र नुनको मात्रा मिलाउनुपर्छ ।

    कतिपय खाद्यपदार्थ बढी पकाउँदा स्वाद हराउने र कतिपय कम पकाउँदा नमीठो हुने प्रकृतिका हुन्छन् तसर्थ यस्ता खाद्यान्नको प्रकृतिअनुरूप पकाउने समय तय गर्नुपर्छ ।

    खाना सधैं मन्द आँचमा छोपेर पकाउँदा त्यसको वास्तविक स्वाद आउँछ अर्थात् खाना थप स्वादिष्ट हुन्छ ।

खाजा छनौट गर्दा

विष्णुकला राई, संस्थापक, कोसेली प्रोडक्ट

    खाजाको छनोट गर्दा सर्वप्रथम आफ्नो स्वास्थ्य स्थितिलाई ध्यानमा राख्नु जरुरी हुन्छ ।

    ग्यास्ट्रिकका रोगीले तारेको, भुटेको, बढी पिरो–अमिलो खानु हुँदैन । यस्ता बिरामीहरू समोसा, पकौडा, छोयला आदि तैलीय र पिरो खानाबाट टाढै रहनु वेश हुन्छ ।

    खाजाका साथमा मौसमअनुसारका फलफूलका मात्रा मिलाएर खाँदा स्वास्थ्य बलियो हुन्छ ।

     गर्मी मौसममा दही–चिउरा, ताजा तरकारी, फलफूल आदि शीतलता प्रदान गर्ने खाजामा जोड दिनुपर्छ ।

     जंकफुड वा प्याकेट बन्द भन्दा तत्काल बनाइएका फ्रेस खाजालाई प्राथमिकता दिनुपर्छ ।

 Image