Successfully Copied

स्मरण शक्तिका लागि

हामीले खाएको खाना पचेर रस बन्छ, रसबाट रक्त, रक्तबाट मांस, मेध, अस्थि, मञ्जा हुँदै अन्त्यमा वीर्य बन्छ ।

स्मरण शक्तिका लागि

रीता कार्की, पतञ्जली योगपीठ, हरिद्धार

-    हामीले खाएको खाना पचेर रस बन्छ, रसबाट रक्त, रक्तबाट मांस, मेध, अस्थि, मञ्जा हुँदै अन्त्यमा वीर्य बन्छ । यी सप्त धातुमा वीर्यको मात्रा नै प्रधान हुन्छ । वीर्य शक्तिका रूपमा हुने भएकाले यसलाई ओजतेज पनि भनिन्छ । यसैले शरीरलाई शक्तिशाली बनाउनुका साथै मस्तिष्क पुष्ट भै स्मरण शक्ति बढाउँछ ।

-    स्मरण शक्ति बढाउन संयमपूर्वक ब्रह्मचर्य पालना गर्नु आवश्यक छ ।

-    ब्रह्मचर्यमा रहन एकाग्रता आवश्यक हुन्छ ।

-    तनाव, रागद्वेष तथा प्रतिस्पर्धा आदिका कारण चित्त शान्त नरही उग्रतामा परिणत हुन्छ । उग्रता एवं चञ्चलताको नकारात्मक प्रभाव मस्तिष्कमा पर्छ ।

-    तेजस्वी स्मरण शक्तिका लागि स्वस्थ शरीर आवश्यक हुन्छ ।

-    स्मरण शक्तिका लागि योगासन, प्राणायाम तथा ध्यान गर्नुपर्छ ।

-    स्मरण शक्ति वृद्धि गर्न शीषर्ासन, धनुरासन, मत्स्यासन, सर्वाङ्गासन, पश्चिमोत्तानासन, मयूरासन, हलासन कम्तीमा ११ पटक सूर्य नमस्कार आदि गर्न सकिन्न्छ ।

-    स्मरण शक्तिका लागि आवश्यक तत्व आहार, निद्रा तथा ब्रह्मचर्य हो ।

-    अनुलोमविलोम, भ्रामरी, प्रणव ध्यान ब्रह्ममुहूर्तमा आवश्यक हुन्छ, बिहान वा साँझ पनि त्यसलाई दोहोर्‍याउन सकिन्छ ।

-    भिटामिन, प्रोटिन, खनिज, लवण, मौसमी फलफूल, सागसब्जी, चोकरयुक्त खानाका साथै विचार सकारात्मक हुनु आवश्यक छ ।

-    मस्तिष्क पोषणका लागि दूध, घिउ, बदाम, अन्जिर, ओखर, ब्राह्मी (घोडताप्रे) अत्यन्त सहयोगी तत्व हुन् ।

-    सकेसम्म हप्तामा २ पटक जलनेती लिने तथा प्रत्येक रात सुत्ने बेला दुवै नासिकामा २-२ थोपा बदाम रोगन तेल हालेर सुत्ने क्रमले पनि स्मरण शक्ति वृद्धि गर्छ ।

तनाव व्यवस्थापन

\"\"सुनीता श्रेष्ठ, मनोवैज्ञानिक

-    हरक्षण काम, बैंकिङ लोन, सवारीकर्जा, बालबच्चाको स्कुलको शुल्क आदिका बारेमा सोचेर बस्दा पक्कै पनि मानसिक बोझ बढ्छ ।

-    यस्तो अवस्थामा आफ्नो प्रगति, उन्नति, उपलब्धि एवं खुसीका क्षणहरूलाई विश्लेषण गर्नुपर्छ ।

-    तनाव घटाउन थिंक होइन फिल गर्नुपर्छ ।

-    सुख-दु:ख जीवनका दुईपाटा हुन् भन्ने बोध गर्नुपर्छ र दु:ख नभएको भए कसरी सुखको अनुभूति गर्न सकिन्थ्यो भन्ने कुरा मनन गर्नुपर्छ ।

-    तनावका कारण राति निद्रा लाग्दैन वा टाउको भारी हुन्छ भने सकारात्मक तथा रमाइला पुस्तक पढ्न सकिन्छ वा हास्यरसले भरिएका टेलिभिजन कार्यक्रमहरू हेर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग

\"\"गणेश श्रेष्ठ, निर्देशक, नेसनल हब्र्स कस्मेटिक्स

-    प्राकृतिक सौन्दर्य प्रसाधनले मानिसलाई सुन्दर मात्र बनाउँदैन यसले मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ ।

-    हर्बल प्रसाधन प्राकृतिक जडीबुटीद्वारा बनाइने हुँदा यसको कुनै साइड इफेक्ट हुँदैन ।

-    आफ्नै मुलुकभित्रकै जडीबुटीद्वारा बनेका प्रसाधन प्रयोग गर्नु भनेको मुलुकको समृद्धिमा सहभागिता जनाउनु पनि हो ।

-    हर्बल कस्मेटिक्स बढी टिकाउ हुँदैनन् तर प्रयोगछि सुख्खा ठाउँमा, बिर्को टम्म कसेर हावा नछिर्ने गरी राखे हर्बल प्रोडक्ट पनि टिकाउ हुन्छन् ।

बचतको महत्व

\"\"प्रिया थापा, मार्केटिङ हेड, एस डेभलपमेन्ट बैंक

-    नेपालीहरूमा बचतको बानी कम छ । विशेषत: यस्तो बानी महिलामा बढी हुनुपर्छ ।

-    आफूसँग पैसा हुँदा धेरै खर्च गर्ने नहुँदा खुम्चिएर बस्ने बानीमा बचत गर्ने स्वभावले ठूलो गर्जो टार्न सक्छ ।

-    बर्थ डे, पूजाआजा वा अन्य समारोहमा प्राप्त नगदलाई पार्टी वा सपिङमा उडाउनुभन्दा पनि बचत गर्ने बानी बसाल्नुपर्छ ।

-    अहिले प्राय: बैंकले सय, दुई सय, पाँच सयजस्ता न्यूनतम रकममा नारी बचत खाता सञ्चालन गरिरहेका छन् । यस्ता खाता खोल्न सहज मात्र छैन थोरै रकम पनि बिनाझन्झट राख्न सकिन्छ ।

-    बैंक खाता छैन भने पनि खुत्रुके वा सानो टिनको बट्टालाई बचत गर्ने माध्यम बनाउन सकिन्छ ।

-    यसरी बचत गरिएको रुपैंयाँ स्वास्थ्योपचार वा अन्य जटिल परिस्थितिमा काम लाग्नसक्छ ।

 Image