Successfully Copied

पहिलो पटक स्पा जाँदा ध्यान दिनुपर्ने कुरा

टेलिफोन कुराकानी

स्पा जानुभन्दा पहिले फोनमा त्यहाँ उपलब्ध सुविधाका बारेमा जानकारी लिन सकिन्छ।

साथीबाट सुझाव लिने

स्पा जाने तथा स्पासम्बन्धी जानकारी भएका साथीहरूसँग सुझाव लिन सकिन्छ। स्पा भनेको के हो ? प्रोफेसनल थेरापिस्ट छन् कि छैनन् ? कस्टमर केयरसम्बन्धी व्यवस्था कस्तो छ ? हस्पिटालिटीको कस्तो वातावरण छ ? आदि विषयमा जानकारी लिन सकिन्छ।

इन्टरनेट र वेबसाइटमार्फत प्रोफाइल तथा रोचक कमेन्टको ज्ञान राख्ने स्पा संचालक कत्तिको प्रोफेसनल छन् ? तिनका गतिविधि इन्टरनेटमार्फत हेर्न तथा बुझ्न सकिन्छ।

बुकिङ गरिसकेपछि ध्यान दिनुपर्ने कुरा

बुकिङ गरिसकेपछि टन्न खाना खानुभन्दा हल्का खाना खानु उपयुक्त हुन्छ। खाना खाएको आधा अथवा १ घन्टापछि स्पा लिनु राम्राे हुन्छ।

स्पा कन्सल्ट्यान्टलाई आफू तनावमा भए-नभएको जानकारी दिनुपर्छ। यसबाहेक कुनै पीडा, हाड, मांसपेशी, मुटु, मिर्गौला, ब्लडप्रेसर आदि रोग भए नभएको जानकारी दिनुपर्छ। जसले गर्दा सही थेरापी प्राप्त गर्न सकिन्छ।

अन्त्यमा आफ्नो शारीरिक बनावट, जीवन शैली र समय हेरी हप्ता, १५ दिन अथवा महिनामा एकपटक स्पा गर्नु उचित हुन्छ।

सम्झना घिमिरे

न्यू लुक्स ब्युटिपार्लर

-    रंगाइएको केशलाई राम्रोसँग कन्डिसनर गर्नु आवश्यक हुन्छ। रंगाइएको केशलाई हप्ताको एकपटक कन्डिसनरले धुनुपर्छ।

-    केशको पोषणका लागि सिरम प्रयोग गर्नुपर्छ।

-    केशमा  रंग लगाउनेबित्तिकै स्याम्पुले धुनुपर्छ।

-    केशलाई सधैं चिसो पानीले पखाल्नुपर्छ। यसले केशको रंगलाई यथावत् राख्नुका साथै स्वस्थ तथा चम्किलो बनाउँछ।

-    रंगाइएको केशमा ड्रायर प्रयोग गर्नु हुँदैन।

-    फुलेको केशमा हरेक १५ दिनमा रंग लगाउनुपर्छ।

-    रंगाइएको केशलाई कहिल्यै क्लोरिनयुक्त पानीले पखाल्नु हुँदैन। क्लोरिनले केशलाई रुखो बनाउँछ।

-    रंग लामो समयसम्म टिकाउन केश स्वस्थ राख्नुपर्छ।

ग्रोसरी टिप्स

उर्मिला तामाङ, छिमेकी मार्ट

डसर्वप्रथम बजेटअनुसार आफ्नो आवश्यकता एवं प्राथमिकता छनोट गर्नुपर्छ ।

डनन हाइजेनिक सामान लिँदा स्वास्थ्य बिग्रने डर हुन्छ तसर्थ सामानको म्यानिफेक्चर तथा एक्सपायर्ड मितिमा विचार पुर्‍याउनुपर्छ ।

डफ्रोजन तथा डेरी प्रोडक्ट खरिद गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । जाडो मौसम वा सस्तो पाइयो भन्दैमा मिति नाघेका सामान खरिद गर्नुहुँदैन ।

डकसैकसैमा ग्रोसरी सपमा छिरेपछि जस्ता सामान पनि उठाइहाल्ने बानी हुन्छ । त्यस्ता व्यक्तिले आफ्नो आवश्यकता के हो भन्ने कुरामा बढी केन्दि्रत हुनुपर्छ । त्यस्तो बानीका कारण अनावश्यक सामानमा पैसा बढी जाने डर हुन्छ ।

डताजा तरकारी, फलफूल आदि छोटो समय टिकाउ हुने सामानमा भन्दा लामो समय रहने ड्राइ फ्रुट वा त्यस्तै प्रकारका तरकारीलाई प्राथमिकता दिनुपर्छ ।

डसेल, अफरजस्ता स्किममा सामग्री किन्दा सामानको मिति एवं उपभोग गर्ने समयमा ध्यान पुर्‍याउनुपर्छ ।

डसकभर राम्रा कम्पनीका टिकाउ सामान रोज्नुपर्छ ।

 Image