Successfully Copied


मेष
कुनै विशेष काममा सफलता मिल्नुका साथै प्रतिस्पर्धात्मक काममा तपाईंको विजय हुनेछ । यो महिनामा कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सेयर कारोबारमा पनि केही फाइदा हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । सन्तानबाट सन्तोष मिल्नेछ । घरमा नयाँ सदस्यको आगमन हुनेछ । कुनै नयाँ ठाउँमा घुमघाम गर्न जाने मौका मिल्नेछ । धार्मिक क्षेत्रमा अभिरुचि बढ्नेछ ।स्वास्थ्यस्थिति राम्रो रहँदा फुर्ती बढ्नेछ । नयाँ सवारीसाधन जोर्ने सम्भावना छ ।


वृष
यो महिना अनुकूल रहनेछ । रोकिएका सबै कामले गति लिन थाल्नेछन् । स्वास्थ्यस्थिति पनि आफूअनुकूल बन्दा काम गर्ने जाँगरमा वृद्धि हुनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । कसैकसैको लगनगा“ठो जोडिनेछ भने कसैलाई भाउजू–बुहारी भित्राउने मौका मिल्नेछ । माइती–मावली वा इष्टमित्रबाट सद्भाव रसाथ पाइनेछ । व्यावसायिक क्षेत्रमा सुधार हुनेछ । ओरालो लागेको सेयर कारोबार उकालोतर्फ मोडिनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । मनमा भएको तनाव हट्दा शरीर स्वस्थ रहनेछ ।


मिथुन
पारिवारिक सुख–समृद्धि बढ्नेछ । घुमघाम गर्न जाने मौका मिल्नसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कुनै कामले छुटेको जोडीको भेटघाट हुनेछ । कसैकसैको प्रेमसम्बन्धले मूर्तरूप लिनेछ भने कसैको नवसन्तानको जन्म–गर्भधारण हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले कहिलेकाहीँ अनपेक्षित खर्च हुनसक्छ । सकेसम्म कुनै सामान खरिद गर्दा निकै ध्यान दिनु उचित हुनेछ । टाढिएका आत्मीयजन र इष्टमित्रसँग भेटघाट गर्ने मौका जुट्नेछ । कुनै मांगलिक काममा सहभागी हुन निमन्त्रणा आउनसक्छ । आर्थिक लेनदेनमा सजग रहनुपर्ने बेला छ ।


कर्कट
इष्टमित्रमा कुनै मांगलिक कार्य सम्पन्न हुनसक्छ । योजनानुसार सबै कुरा सम्पन्न हुँदै जानेछन् । सन्तानबाट सुख एवं सन्तोष पाइनेछ । कुनै कुरामा आर्थिक लाभ हुनेछ । व्यावसायिक क्षेत्रमा सफल भइनेछ । कुनै आकस्मिक उपहार प्राप्त हुने सम्भावना छ । नयाँ वस्त्रप्राप्तिको योगपनि छ । आफ्नो क्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । कुनै जिम्मेवारीको कामले तपाईंको योग्यताको प्रस्फुटन गर्नेछ । मनमा भएको डर हटाई आत्मविश्वासी बन्नुपर्नेछ । आफूले आफैंलाई बुझ्ने र माया गर्ने गरे अरूले पनि तपाईंलाई बुझ्न खोज्नेछन् । महिनाको सुरू र अन्तिममा किनमेल गर्दा सजग रहनुपर्ने बेला छ ।


सिंह
कुनै कामले कतै जानुपर्नेछ । मनमा भएको डर–चिन्ता हटेर मन सन्तोषी बन्न खोज्नेछ । प्रायः सबै काम आफ्नै निगरानीमा सम्पन्न हुनेछन् । गुमेको साख फिर्ता हुनेछ । एक–अर्काले परस्परमा अहं भावलाई हावी हुन नदिएमा दाम्पत्य जीवनमा मधुरता थपिनेछ । बोल्दा एवं व्यावहारिक कार्य गर्दा हस्किने र ठस्किने नगरे सबैसँग राम्रो सम्बन्ध कायम रहनेछ । खुट्टा तान्ने व्यक्तिहरूले अनावश्यक कुरामा दुःख दिनसक्छन् । हरेक पाइलामा सतर्क रहँदै काम गर्नुपर्ने बेला छ । कसैले केही भनिहाले भने पनि मौन रहनु उचित हुनेछ ।


कन्या
समय तपाईंकै पक्षमा रहनेछ । स्वास्थ्य राम्रो रहनुका साथै मन पनि तनावमुक्त रहनेछ । रोकिएका कामले पूर्णता प्राप्त गर्नेछन् । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका जुट्नेछ । आत्मीयजनसित कतै जाने मौका मिल्नसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । सबै काम सोचेअनुरूप सफल हुँदै जानेछन् । नयाँ रोजगारीको सम्भावना छ । जागिरेहरूको तलबमा बढोत्तरी हुनसक्छ । प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । इष्टमित्रसित रमाइलो भेटघाट हुनेछ । कुनै वैवाहिक समारोहमा सहभागी हुने मौका जुट्नसक्छ । कसैकसैलाई गर्भधारण वा सन्तान लाभ हुनसक्छ ।


तुला
सन्तानप्रतिको कर्तव्य र जिम्मेवारी बढ्नेछ । कसैको विवाह हुनेछ भने कसैलाई सन्तान लाभ हुने सम्भावना छ । घरमा पाहुनाको आवागमन भैरहला । साथीहरूसित कुनै विशेष भेटघाट गर्ने मौका जुट्नेछ । काम गर्ने उत्साह र जा“गर बढ्दा तनले भित्रैदेखि ऊर्जा बढेको अनुभव गर्नेछ । शरीरको प्रतिरक्षा शक्ति कम भएकाहरूले पौष्टिक खाद्य सामग्री सेवन गर्नुका साथै आफ्नो अनुकूलताको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा स–साना कुरामै मनमुटाव हुनसक्छ । कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया नदिई एक–अर्काको भावनाको ख्याल गर्दै काम गर्नसके सम्भावित विवाद टर्नसक्छ । धेरैजसो दम्पतीमा विवादको निहुँ सन्तान हुनसक्छ । समसामयिक कुरा र परिस्थितिको सामना गर्दै आफूलाई समयानुसार अपडेट राख्ने प्रयास गर्दा धेरै सहज हुनेछ ।


वृश्चिक
परिवारमा कसैलाई सन्तानलाभ हुनेछ भने इष्टमित्रमा कसैको विवाह हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ भने व्यावसायिक क्षेत्र पनि स्थिर रहनेछ । तपाईंको कामको प्रशंसा हुनेछ । शैक्षिक, कार्यालयीय, प्रतियोगितात्मक कामले कतै जानुपर्नेछ । सोचेअनुरूप काम सफल बन्दै जानेछ । प्रायः सबै काम आफ्नै सर्वेक्षणमा सम्पन्न हुनेछन् । पारिवारिक सम्बन्ध राम्रा हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कसैकसैको लगनगा“ठो कसिनसक्छ । आफ्नो इच्छानुसार किनमेल गर्ने मौका जुट्नेछ । बोली एवं व्यवहारमा सजग रहनुपर्ने बेला छ । कसैले केही खोट देखाइहाले पनि शान्त रहनसके सबै कुरा सहज बन्दै जानेछन् ।


धनु
नयाँ रोजगारी प्राप्त गर्ने योग छ । कसैकसैको वैदेशिक यात्राको योग छ । आर्थिक पक्ष सुदृढ बन्दै जानेछ । स्वास्थ्यस्थिति राम्रो रहनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । कसैको सरुवा वा बसाइ–सराइ हुनसक्छ । सन्तान सुख प्राप्त हुनेछ । पारिवारिक हितकालागि कुनै काम गर्ने विचार मनमा आउनेछ । धर्ममा आस्था र विश्वास बढ्दै जानेछ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । मन तनावरहित बन्दा जुनसुकै काममा पनि सहजताको अनुभव हुनेछ ।

मकर
पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । अनपेक्षित कुरामा अनावश्यक खर्च हुनसक्छ । सहयोगी हात पछि हट्दा कामको चाप बढ्नसक्छ । विविध कामले फुर्सद नमिले पनि आफ्नालागि जसरी पनि समय निक्लनेछ । टाउको, पेट एवं आँखा दुख्ने समस्या आउनसक्छन् । व्यक्तिगत कामकालागि पनि केही खर्च हुनेछ । केही अत्यावश्यक सामग्रीको जोहो हुनेछ । इच्छानुसार भोजन गर्ने, पहिरन लगाउने, घुमफिर गर्ने मौका जुट्नेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । कसैकसैको विवाहको लगन जुरेको छ । कसैकसैले तपाईंको सोझोपनको फाइदा उठाउनसक्छन् । समसामयिक कुराको ख्याल गर्दै परिस्थिति बुझेर आफूलाई अघि सार्नु उचित हुनेछ ।
कुम्भ
वैदेशिक यात्राको योग छ । कम समयमा धेरै काम भ्याउनुपर्दा धेरै दुःख हुनसक्छ । सहयोगी मनहरू पनि तर्किनसक्छन् । अतः आफ्नो काम आफैं गर्ने प्रयास गर्नुपर्नेछ । पेट तथा मुटुका बिरामीले खाना एवं स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बेला छ । कुनै कुराले अल्मल्याउन खोजेपनि सतर्क रहनुहोला । समयानुसार कामको प्राथमिकता हेरेर आफूलाई खटाउनु उपयुक्त रहनेछ । आफू अनभिज्ञ रहेका कुरामा चासो नदिएकै राम्रो हुनेछ । झिनामसिना कुराबाट जति तर्किनसक्यो मन त्यति नै शान्त रहनेछ ।
मीन
कहिलेकाहीँ मनमा नकारात्मक भाव पैदा हुनसक्छ । मन दोधार हुँदा काममाअलमल हुनेछ । सकारात्मक सोचका साथ धैर्य, शान्त र तटस्थ रहँदै काम गर्नुपर्ने बेला छ । काम गर्दा अपजस आउनसक्छ । शान्त र सौम्य रहँदै प्रतिक्रियाहीन भएर बस्नु उचित हुनेछ । साथीहरूसित कतै घुमघाम गर्ने मौका जुट्नेछ । आफूलाई चाहिने सामानको जोहो हुनेछ । कुनै सामान किन्नुपूर्व नहतारिई राम्ररी विचार गर्नुपर्ने देखिन्छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नेछ । कुनै निर्णायक काम गर्नुपूर्व राम्ररी सोचविचार गर्नुपर्ने बेला छ । 

 Image