सेफ विमलाका लकडाउन परिकार
अहिले लकडाउनका कारण घरमै रहेकी विमला घरमा भएका सामग्रीहरुवाट विभिन्न परिकारहरु बनाउनमा ब्यस्त छिन् । खाना बनाउने पनि एउटा कला हो, कसरी मिठो र आकर्षक बनाउने त्यसको लागि मेहनत, इच्छाशक्ति र धैर्यको आवश्यकता हुने बताइन् ।

अमिका क्षेत्री, कलाकार
फ्रुट सलाद
सामग्री
छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
विधि
दही र क्रिमलाई कचौरामा राखेर घोल्ने । त्यसपछि माथिका फलफूल मसिनो गरी काटेर त्यसमा मिसाउने । यसपछि फ्रुट सलाद खानका लागि तयार हुन्छ । यो सलाद स्वस्थ हुनुका साथै शरीरमा शीतलता प्रदान गर्छ ।
चिकेन तन्दुरी
सामग्री
सात सय ग्राम चिकेनको फिला ।
दुई चम्चा मिक्स मसला (जिरा धनियाँ, गरम मसला)
सानो कचौरा दही, सानो चम्चा टिम्मुरको धूलो, काश्मिरी खुर्सानीको धूलो । ठूलो एक चम्चा, खुर्सानीको धूलो, सानो एक चम्चा । लसुन–अदुवा पिसेको दुई चम्चा । कागती चार वटा । नुन स्वादअनुसार ।
विधि
माथिका सबै सामग्री मिसाएर मोल्ने र मेरिनेट गरेको चिकेनलाई दुई घन्टा फ्रिजमा राख्ने । दुई सय डिग्री सेल्सियसमा २० मिनेट एअर फ्रायरमा राख्ने । त्यसपछि चिकेन तन्दुरी तयार हुन्छ । माथिबाट हरियो धनियाँले सजाउने । यो तन्दुरी चिल्लोरहित हुने भएकाले स्वस्थ हुन्छ । तीजमा दिदीबहिनी भेट हुँदा दरका रूपमा पुलाउसँग यो खान सकिन्छ ।