परिकार
ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा

सामग्री ः रुखकटहर–आधा किलो, बेसन–१ सय ग्राम, तेल–दुई सय ग्राम, हरिया खुर्सानी–दुई–तीन वटा, काटेका धनियाँका पात–दुई चम्चा, धनियाँ पाउडर–एक चम्चा, जिरा पाउडर–एक चम्चा, खुर्सानीको धूलो–एक चम्चा, बेसार–एक चम्चा, गरममसला–एक चम्चा, नुन–स्वादअनुसार ।
विधि ः रुखकटहरलाई तरकारी काटेजस्तै स–साना टुक्रामा काट्ने । कुकरमा थोरै पानी हालेर दुई–तीन सिटी लगाई उसिन्ने । कुकरको सिटी गएपछि उसिनेको कटहरबाट पानी निकाली झिकेर फाल्ने । अब त्यसमा बेसन र माथि उल्लिखित सबै मसला हालेर मज्जाले मुछ्ने । लसिलो बनेपछि त्यसलाई आफूलाई आवश्यक पर्ने साइजअनुसार गोलो आकार दिने । अब चुलोमाथि कराही राखेर तेल तताउने र त्यसमा गोलो आकार बनाएको कटहर हाल्दै पकाउने । यसरी तयार भएको कटहरको पकौडा धनियाँ–पुदिना–अदुवा मिश्रित चटनीसँग खान सकिन्छ ।