स्टफ्ड चिकेन
विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।
सामग्री ः रुखकटहर–आधा किलो, बेसन–१ सय ग्राम, तेल–दुई सय ग्राम, हरिया खुर्सानी–दुई–तीन वटा, काटेका धनियाँका पात–दुई चम्चा, धनियाँ पाउडर–एक चम्चा, जिरा पाउडर–एक चम्चा, खुर्सानीको धूलो–एक चम्चा, बेसार–एक चम्चा, गरममसला–एक चम्चा, नुन–स्वादअनुसार ।
विधि ः रुखकटहरलाई तरकारी काटेजस्तै स–साना टुक्रामा काट्ने । कुकरमा थोरै पानी हालेर दुई–तीन सिटी लगाई उसिन्ने । कुकरको सिटी गएपछि उसिनेको कटहरबाट पानी निकाली झिकेर फाल्ने । अब त्यसमा बेसन र माथि उल्लिखित सबै मसला हालेर मज्जाले मुछ्ने । लसिलो बनेपछि त्यसलाई आफूलाई आवश्यक पर्ने साइजअनुसार गोलो आकार दिने । अब चुलोमाथि कराही राखेर तेल तताउने र त्यसमा गोलो आकार बनाएको कटहर हाल्दै पकाउने । यसरी तयार भएको कटहरको पकौडा धनियाँ–पुदिना–अदुवा मिश्रित चटनीसँग खान सकिन्छ ।
