Successfully Copied

घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?

अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ ।

अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ ।

– सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने ।

– मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ ।

– आँपको प्युरीमा पाँचवटा पिसेको काजु तथा दुई चम्चा पाउडर दुध राख्ने ।

– त्यसपछि दुई कप उमालेर राखेको चिसो दुध राख्ने । त्यसलाई तुरुन्तै सेवन गर्ने हो भने चिल्ड बनाउनका लागि दुुई टुक्रा आइस राख्ने । र ब्लेन्ड गर्ने । सेवन गर्नुअघि फ्रिजमा पनि राख्न सकिन्छ ।

– यसरी तयार भएको म्याङगो मिल्क सेकमा माथिबाट ड्राइफ्रुट्स, पेस्ता, बदाम टुक्रा तथा टुटीफुटी राख्न सकिन्छ । यसले मिल्क सेक स्वादिलो हुनुका साथै आकर्षक देखिन्छ ।

 Image