परिकार
ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा

लाखमरी
सामग्री : ताइचिन चामलको पिठो १ किलो, घिउ ३ पाउ, मास आधा किलो चास्नी डुबाउन मिल्ने गरी ।
विधि : चामललाई दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोक्रा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पिठो तथा मास मिसाएर एकदमै राम्रोसँग फिट्ने । नरम भएपछि सानो प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा घिउ तताएर खैरो हुन्जेल पकाउने । खैरो भएपछि झिकेर सफा प्लेटमा हाली सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने । यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ र यसलाई धेरै महिनापछि सम्म पनि खान सकिन्छ ।
ऐंठा
सामग्री : मैदा १ धार्नी, घिउ साढे ४ पाउ, तिल १ सय ग्राम, चास्नी आवश्यकताअनुसार ।
विधि : मैदा, तिल तथा घिउलाई मनतातो पानीले मुछ्ने । तयार पिठोलाई एकछिन सुकाउने । पिठोलाई जोखेर आवश्यकताअनुसार लिई ताईमा सेप बनाई कराहीमा खैरो हुन्जेल पकाउने । आवश्यकताअनुसार चिनी पकाएर ब्रसले रोटीको माथिबाट पेन्ट गर्ने ।
श्री नन्द मिठाईं भण्डार, कृष्ण मन्दिर पछाडि, पाटन