कर्न अन द चीज कप
सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा ।
वर्षामा खाइने एउटा मुख्य बाली हरियो मकै हो । प्राकृतिक रूपमा जेठदेखी भदौसम्म उत्पादन हुने यो बाली पोषणका दृष्टिले सर्वश्रेष्ठ अनाज मानिन्छ ।
सय ग्राम मकैमा २ सय ५० ग्राम पोटासियम, ९० ग्राम फोस्फरस, ३७ ग्राम म्याग्नेसियम, ४ ग्राम क्यालसियम, शून्य दशमलव ७२ ग्राम जिङ्क, शून्य दशमलव ५२ ग्राम आइरन तथा शून्य दशमलव २ ग्राम सेलिनियम पाइन्छ ।
यी तत्वले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छन् । त्यसैगरी मकैमा भिटामिन ए, बी वान, बी टु, बी सिक्स, सी, के तथा ई पनि हुन्छ । यी भिटामिनले रुघा–खोकीविरुद्ध हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछन् ।