स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।

सामग्री : विभिन्न ३ फ्लेबरका आइसक्रिम ३ स्कुप, काजु, बदाम, पेस्ता तथा ओखर ५० ग्राम, अरेन्ज सस, स्ट्राबेरी सस ५–५ मिलिलिटर, चकलेट सस २५ मिलिलिटर ।
विधि : सर्भ गर्ने प्लेटमा आइसक्रिमलाई क्रमैसँग राख्ने । काजु, बदाम, पेस्ता तथा ओखरलाई मसिनो नहुने गरी पिसेर आइसक्रिममाथि छरिदिने । त्यस माथि अरेञ्ज सस, स्ट्राबेरी सस तथा चकलेट सस राख्ने ।
केन्डी स्टोर
सामग्री : स–साना चकलेट, मिठाईं, स्यान्डबिच, बिस्कुटका साथै भेनिका आइसक्रिम, चकलेट आइसक्रिम तथा बटरस्कच आइसक्रिम १–१ स्कुप ।
विधि : सबै पहिलेदेखि नै खान तयारी अवस्थामा हुने भएकाले यसलाई सफा प्लेटमा सजाउने मात्र हो । तीजको दरमा यसलाई डेजर्टका रूपमा खान सकिन्छ । मिठाईं र चकलेट मात्र खान कठिन हुने भएकाले चकलेट तथा मिठाईंको पिसलाई आइसक्रिममा चोबेर खाँदा भिन्न स्वाद प्राप्त हुन्छ ।
- सेफ्स बेकरी एन्ड कन्फेन्सनरी, लोकन्थली