टुप्पी डोसा
काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने ।
सामग्री : आलु ३ वटा, चाट मसला २० ग्राम, काजु ७–८ पिस, प्याज २ वटा, धनियाँ, खुर्सानी तथा जिरा ५ ग्राम, नुन स्वादअनुसार, अदुवा र लसुनको पेस्ट २० ग्राम, मैदा र बेसन ५० ग्राम ।
विधि : आलुलाई उसिनेर बावलमा राख्ने । त्यसलाई हातैले मोल्ने । काटेको प्याज, धनियाँ, खुर्सानी, नुन, जिरा सबैलाई आलुमा हालेर मज्जाले मिक्स गर्ने । राम्रोसँग मिक्स भएपछि डल्लो बनाउने र भित्र १–१ वटा काजु राख्ने । अर्काे भाँडामा मैदा, बेसन, अदुवा, लसुनको पेस्ट तथा नुन मिसाएर डल्लोमा चोप्दै डिप फ्राइ गर्ने ।