क्रिस्पी कर्न
मकैलाई हल्का उसिनेर निकाली पानी तार्ने । त्यसपछि कर्नफ्लोर राखेर माथिबाट कागती निचोर्ने । कर्नफ्लोरको साटो बेसन, मकेको पिठो, मैदा पनि राख्न सकिन्छ ।
सामग्री : ठूलो प्याज २ वटा, बेसन २ चम्चा, अण्डा १ वटा, बेकिङ पाउडर १ चम्चा, चीजबल २–३ वटा ।
विधि : प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने ।