गर्मी मौसममा के खाने ?
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

बटरस्कच आइसक्रिम
सामग्री : चिनी २ चम्चा मसिनो गरि पिसेको, पाउडर दूध २ चम्चा, बटर स्कच एसेंस १ चम्चा, बटर १ चम्चा, काजु ३ वटा, बदाम ३ वटा तथा क्रिम १ कप ।
विधि : सबै भन्दा पहिले चिनीलाई पिसेर पातलो धुलो बनाउने । काजु र बदाम पिसेर अलग्गै राख्ने । प्यान तताएर चिनी पगाल्ने अनि पिसेको काजु तथा बदाम हालेर भुट्ने । चकलेट कलर नआउञ्जेल भुट्ने । त्यसपछि आगोबाट निकालेर चिसो बनाउने । चिसो भएपछि पिसेर बाटामा अलग्गै राख्ने ।
क्रिम सफ्ट नभएसम्म मज्जाले फिट्ने । यसमा पिसेको चिनी, पाउडर दूध तथा बटर स्कच एसेंस हालेर फिट्ने, आधा क्यारेमल र बटर मिक्सरमा राखेर पुन: फिट्ने । यसलाई एयर टाइट भाँडामा खन्याई ४ देखि ६ घन्टा जति फ्रिजमा राख्ने । यसलाई सर्भ गर्दा बाँकी क्यारेमलले गार्नेस गर्ने ।