आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ । 
                             
                             
               
              सामग्री : चिकेन, ओलिभ आयल, बटर, मस्टर्ड पेस्ट, मरिचको धूलो, लसुन, नुन, इटालियन हर्ब्स, सिजनल भेजिटेबल, पाप्रिका पेस्ट तथा क्रिम ।
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने । सिजनल भेजिटेबललाई एकै किसिमको आकारमा काटेर ओलिभ आयल र बटरमा ५ मिनेटजति भुट्ने र अन्तिममा पार्सली हालिदिने । अब चिकेनलाई ग्रिलर वा तावामा ग्रिल्ड गर्ने ।
ससका लागि बटरमा क्रस्ड गार्लिक हालेर भुट्ने, त्यसमाथि पाप्रिका पेस्ट, मस्टर्ड पेस्ट, सेतो मरिचको धूलो अनि स्वादअनुसार नुन राखेर अन्तिममा एक टेबल चम्चा क्रिम हाल्ने । स्न्याक्स तथा मेन कोर्सका लागि समेत उपयुक्त यो परिकार स्वादिष्ट, स्वास्थ्यबर्द्धक र पाौष्टिकताले भरिपूर्ण छ ।

प्रेमबहादुर सुनुवार
सेफ, एलिभेट लाउन्ज एण्ड क्लब, रञ्जनागल्ली, न्यूरोड