स्वादिलो कोरियन परिकार
विधि : सुंगुरको मासुलाई तेलमा पकाउने । त्यसमा लसुनको पेस्ट हाल्ने । हल्का ब्राउन हुन्जेलसम्म फ्राई गर्ने ।
कफी मिल्क सेक

सामग्री : डबल सट एक्सप्रेसो, ५ स्कुप आइसक्रिम तथा चकलेट सिरप ५० मिलिलिटर ।
विधि : डबल सट एक्सप्रेसो तथा आइसक्रिमलाई ब्लेन्ड गर्ने । गिलासमा चकलेट सिरप डिज्लिङ गरेर
ब्लेन्ड गरेको गिलासमा हाली सर्भ गर्ने ।
भर्जिन मोजिटो

सामग्री : पुदिनाको ५ वटा पत्ता, कागती १ वटा, सुगर सिरप १० मिलिलिटर, सोडा (टप गर्ने) तथा क्रस आइस ६–७ टुक्रा ।
विधि : गिलासमा पुदिना एवं कागतीका टुक्रालाई थिच्ने । त्यसमा सुगर सिरप तथा क्रस आइस हाली सोडा टप गरेर सर्भ गर्ने ।
- बार टेन्डर, सन क्याफे एन्ड बार, झम्सिखेल