शीतल पेय
बढ्दो तापमानसँगै शरीरलाई थप तरल पदार्थ र शीतलताको आवश्यकता पर्छ । गर्मी मौसममा अल्छी, सुस्ती, खानपानमा अरुचि बढ्छ । कतिपयमा बान्ता हुने, रिंगटा चल्ने, एलर्जी हुने, खाना नपच्ने आदि समस्या देखा पर्न सक्छन् ।

कफी मिल्क सेक
सामग्री : डबल सट एक्सप्रेसो, ५ स्कुप आइसक्रिम तथा चकलेट सिरप ५० मिलिलिटर ।
विधि : डबल सट एक्सप्रेसो तथा आइसक्रिमलाई ब्लेन्ड गर्ने । गिलासमा चकलेट सिरप डिज्लिङ गरेर
ब्लेन्ड गरेको गिलासमा हाली सर्भ गर्ने ।
भर्जिन मोजिटो
सामग्री : पुदिनाको ५ वटा पत्ता, कागती १ वटा, सुगर सिरप १० मिलिलिटर, सोडा (टप गर्ने) तथा क्रस आइस ६–७ टुक्रा ।
विधि : गिलासमा पुदिना एवं कागतीका टुक्रालाई थिच्ने । त्यसमा सुगर सिरप तथा क्रस आइस हाली सोडा टप गरेर सर्भ गर्ने ।
- बार टेन्डर, सन क्याफे एन्ड बार, झम्सिखेल