गर्मी मौसममा के खाने ?
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।
इटालियन पास्ता चाट
सामग्री
चाट बनाउन : बोयल गरिएको पास्ता २ कप, उमालेको कर्न आधा कप, मिक्स भेजिटेबल्स (गाजर, काँक्रो, टमाटर, क्याप्सिकन तथा प्याज) १ कप, हरियो धनियाँ काटेको १ चम्चा, ओरिगानो आधा चम्चा, चाट मसला, मस्टर्ड सस तथा मरिचको धूलो आधा–आधा चम्चा, खुर्सानीको धूलो १ चम्चा, कागतीको रस १ चम्चा, चीज स्प्रेड आधा कप, चीज र दही २–२ चम्चा तथा नुन स्वादअनुसार ।
टपिङका लागि : भेलपुरी ८–९ वटा टुक्रा पारिएको, थोरै स्याउका मसिना टुक्रा तथा धनियाँको पात मिक्स गर्ने ।
विधि : चाटका सबै सामग्रीलाई राम्रोसँग मिक्स गरी टपिङ गरेर सर्भ गर्ने ।
क्विक रसियन सलाद
सामग्री : उसिनेको डेढ कप मिक्स भेजिटेबल्स (मटर, बेबिकर्न, कर्न), टुक्रा पारिएको स्याउ आधा कप, टुक्रा पारिएको पाइनेप्पल आधा कप, मायोनिज आधा कप, हरियो खुर्सानीको पेस्ट आधा चम्चा, सक्खर पाउडर १ चम्चा तथा नुन र मरिच स्वादअनुसार ।
विधि : सबै सामग्रीलाई मिक्स गरेर फ्रिजमा चिसो बनाउने र चिसै सर्व गर्ने ।