दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।

गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।
पानी र फलफूलमा जोड
गर्मीमा डिहाइड्रेसन हुन नदिन उपयुक्त मात्रामा पानी सेवन गर्नुपर्छ । फलफूल पनि खानुपर्छ । विशेषगरी खरबुजा फाइदाजनक हुन्छ । यसमा पानीको मात्रा बढी हुन्छ । खरबुजा स्वास्थ्यवर्द्धक हुनुका साथै यसको स्वाद पनि मीठो हुन्छ ।
हरियो सागपात र सलाद
गर्मी मौससमा हरियो सागपातमा जोड दिनुपर्छ । हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । यसले तौल नियन्त्रण राख्न मद्दत गर्छ । विभिन्न थरीका सलाद खाँदा पोषण र स्वाद दुवै पाउन सकिन्छ ।
नरिवल पानी र दही
गर्मी मौसममा नरिवल पानी फाइदाजनक हुन्छ । यसमा इलेक्ट्रोलाइट हुन्छ र यसले शरीरलाई शीतल बनाउन सहयोग गर्छ । दही पनि गर्मीका लागि उपयोगी हुन्छ । यसबाट प्रोबायोटिक प्राप्त हुन्छ । यो मौसममा पेटको समस्या धेरै देखिन्छ । दहीको सेवन गरे यस्ता समस्याबाट छुटकारा मिल्छ । दहीलाई लस्सी बनाएर पनि पिउन सकिन्छ ।
लस्सी बनाउने विधि
सामग्री: १ गिलास दही, २–३ वटा सुकमेल, चिनी वा सख्खरको धूलो स्वादअनुसार ।
विधि: दहीलाई मदानीमा वा मिक्सचरमा हालेर घोल्ने । त्यसमा चिनी वा सख्खर स्वादअनुसार मिसाउने । आइस क्युब राखेर सर्भ गर्ने । माथिबाट ड्राई फ्रुट्सलाई मसिनो गरी राखेमा सेवन गर्दा स्वादिलो हुन्छ ।
दीक्षा केसी