Successfully Copied

भान्छामा मटनको स्वाद

गहिरो भाँडामा मासु हालेर खस्रो हुने गरी कुटेको अदुवा र लसुनले मोल्ने । त्यसपछि माथि उल्लेखित मसलाहरू हालेर मोल्ने । नुन र तोरीको तेल हालेर राम्रोसँग मोली केही घन्टा मेरिनेट हुन दिने । बाक्लो तावामा तोरीको तेल तताएर मोलेको मासु तावामा हल्का आँचमा

मटन तास

सामग्री : छाला र हाडरहित मासु टुक्रा पारिएको १ किलो, अदुवा र लसुन खस्रो गरी कुटेको ५० ग्राम, दाना जिरा १ चम्चा, दाना धनियाँ एक चम्चा, रातो खुर्सानी ५ देखि १ वटा, बेसार १ चम्चा, काँचो तोरीको तेल १० मिलिलिटर, नुन स्वादअनुसार, ठूलो अलैंची ३ वटा, सानो सुकमेल ५ वटा, दालचिनी ३ पिस, ल्वाङ ५ वटा, तेजपत्ता ५ वटा, सौंफ १ चम्चा । (सबै मरमसलालाई खस्रो हुने गरी पिस्ने वा कुट्ने ।)

विधि : गहिरो भाँडामा मासु हालेर खस्रो हुने गरी कुटेको अदुवा र लसुनले मोल्ने । त्यसपछि माथि उल्लेखित मसलाहरू हालेर मोल्ने । नुन र तोरीको तेल हालेर राम्रोसँग मोली केही घन्टा मेरिनेट हुन दिने । बाक्लो तावामा तोरीको तेल तताएर मोलेको मासु तावामा हल्का आँचमा पकाउने । यो तास चिउरा वा भुजासँग खान सकिन्छ ।

 

स्पाइसी मटन मसरुम

सामग्री : बोनलेस मटन ५ सय ग्राम, डल्ले च्याउ आधा काटेको १५ वटा, प्याज २ वटा, तेल २ चम्चा, हरियो खुर्सानी ४ वटा, अदुवा र लसुन चप ४ चम्चा, बेसार २ चम्चा, धनियाँ पाउडर २ चम्चा, रातो खुर्सानीको धूलो ३ चम्चा, गोलभेंडा स–साना टुक्रामा काटिएको २ वटा, गरम मसला २ चम्चा तथा गहुँको पिठो १ चम्चा ।

 

विधि : प्रेसर कुकरमा तेल तताएर काटिएको प्याज खैरो हुन्जेल फ्राई गर्ने । त्यसमा हरियो खुर्सानी, अदुवा र लसुनलाई राम्रोसँग फ्राई गर्ने । त्यसपछि मटन मिक्स गरी ठूलो आँचमा पकाउने । अब मसरुम, बेसार, धनियाँको धूलो तथा खुर्सानीको धूलो मिक्स गरी गोलभेंडासमेत हालेर पानी मिसाउने । गहुँको पिठोमा पानी मिसाएर राम्रोसँग पेस्ट बनाउने । त्यसलाई मासुमा मिसाएर बिर्काे बन्द गर्ने । मासुको वासना आएपछि मटन मसरुम तात्तातो चिउरा, भुजा वा भातसँग खान तयार हुन्छ ।

मटन किमा

सामग्री : मटन किमा ५ सय ग्राम, दही आधा कप, नुन स्वादअनुसार, बेसार १ चम्चा, लसुनको पेस्ट १ चम्चा, तेल २ चम्चा, दाना जिरा १ चम्चा, सुकमेल ३ वटा, अदुवा ५ ग्राम, अलैंची १ पिस, ल्वाङ ३–४ वटा, दालचिनी १ स्टिक, प्याज ३ वटा काटेको, हरियो खुर्सानी ३ वटा काटेको, रातो खुर्सानीको धूलो १ चम्चा, धनियाँको धूलो १ चम्चा, काटेको गोलभेंडा १ वटा, उसिनेको अण्डा १ वटा तथा हरियो धनियाँ २ चम्चा ।

विधि : किमामा दही, नुन, बेसार र लसुनको पेस्ट मिक्स गरी १ घन्टा फ्रिजमा राख्ने । कराहीमा तेल तताएर जिराका दाना, अलैंची, सुकमेल, ल्वाङ तथा कालो मरिचलाई खैरो हुने गरी भुट्ने । त्यसमा प्याज हालेर खैरो नदेखिउन्जेल भुट्ने । अदुवा, हरियो खुर्सानी, खुर्सानीको धूलो, धनियाँको धूलो तथा गोलभेंडा हाल्ने । उक्त पेस्टमा मटन किमा हालेर २० मिनेटजति सानो आँचमा पकाउने । पाकेको मटन किमामा उसिनेको अण्डालाई ४ टुक्रामा काटेर धनियाँको पत्तासँगै गार्नेस गर्ने ।

मिट मसला बनाउने विधि

सामग्री : जिराको दाना ५० ग्राम, धनियाँको दाना २५ ग्राम, सौंफ २ ग्राम, बेसार ५ ग्राम, दालचिनी ५ ग्राम, पिपला १ ग्राम, मेथी १ ग्राम, मरिच २ ग्राम, ठूलो अलैंची २ ग्राम, तेजपत्ता १ ग्राम, रातो खुर्सानी ५ ग्राम, ल्वाङ ५ वटा तथा बिरेनुन ५ ग्राम ।

विधि : प्यानलाई तताएर सबै मरमसला हाली रोस्ट गर्ने । त्यसलाई मिक्सरमा सुख्खा हुने गरी पिसेर एयर टाइट बट्टामा राख्ने ।

 Image