नाचोस माचोस (मेक्सिन परिकार)
विधिः सबैभन्दा पहिले कर्न टोर्टटिला चिप्स तयार पार्ने । साल्साका लागि सिमी, जालापेनो, सावर क्रिमलाई फ्राइ गर्ने ।

सामग्री : भिन्डी १ किलो, हरियो खुर्सानी १ सय ग्राम, ज्यामिर अथवा कागती एउटा, तिलको छोप २ सय ग्राम, तेल १ सय मिलिलिटर, जिरा, हिङ, मेथी एवं नुन स्वादअनुसार ।
विधि : भिन्डीलाई दुई इन्चको लाम्चो टुक्रा पारेर चिर्ने । खुर्सानी लामो पारेर चिरेर राख्ने, कराहीमा तेल तताउने अनि एक–एक चम्चा मेथी, जिरा तथा एक चुट्की हिङ फुराउने । चिरेको खुर्सानी हालेर एकछिन चलाउने ।
त्यसमा बेसार हालेर काटेको भिन्डी ओइरिने । नुन हालेर राम्रोसँग चलाउने । छोपेर सानो आँचमा पाक्न दिने । हरियो ज्यामिरको अमिलो वा कागतीको अमिलो आवश्यक मात्रामा हाल्ने र छोप हालेर चलाउने । यति गरेपछि भिन्डीको अचार तयार हुन्छ ।