ग्रिल्ड ट्राउट फिस
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने ।
सामग्री : दही आधा लिटर, तिल ५० ग्राम, कडी पत्ता १० ग्राम, सुकेको रातो खुर्सानी स्वादअनुसार, बेसार २ ग्राम, नुन आवश्यकता अनुसार, सनफ्लावर तेल २० मिलिलिटर ।
विधि : दहीलाई चिया छान्नेले छानेर अनावश्यक पानी फाल्ने । भाँडामा तेल तताएर त्यसमा कडी पत्ता, बेसार, सुकेको खुर्सानी तथा तिल हालेर भुट्ने । यसलाई छानेर राखिएको दहीमा मिसाउने । आवश्यकता अनुसार नुन हालेर मिक्स्चरमा राम्रोसँग पिस्ने । यसरी तयार भएको दहीको अचार यो मौसममा रोटी तथा पकौडासँग खान सकिन्छ ।