गर्मी मौसममा के खाने ?
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

सामग्री : पनिर ५ सय ग्राम, बेसन २ सय ग्राम, खुर्सानीको धूलो स्वादअनुसार, मरिचको धूलो आधा चम्चा, बेसार सानो १ चम्चा, नुन स्वादअनुसार, तेल ५ सय मिलिलिटर ।
विधि : पनिरलाई आवश्यकताअनुसार टुक्रा पार्ने । बेसन, खुर्सानीको धूलो, मरिच, बेसार तथा नुनको पेस्ट बनाउने । कराहीमा तेल तताई पनिरको टुक्रालाई बेसनको पेस्टमा चोप्दै कराहीमा हाल्दै जाने । खैरो रंगको भएपछि निकाल्ने । तात्तातो पनिर पकौडा दही वा सिलामको अचारसँग खाने ।