आइस मोक्का
सामग्री :
चकलेट सिरप–३० मिलिलिटर
आइस क्युब–६ देखि ८ पिस
चिसो दूध–१० मिलिलिटर
विधि :
टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने । सबै सामग्री सेक भएपछि यो पिउनका लागि तयार हुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो पेय पदार्थ निकै लाभदायक छ ।
एस्प्रेसो अफोगातो
सामग्री :
स्ट्रबेरी आइसक्रिम–१ स्कुप
भेनिला आइसक्रिम–१ स्कुप
सिंगल सट एस्प्रेसो
स्प्रिंकल्स
विधि :
सर्वप्रथम मार्टिनी ग्लासलाई राम्ररी सफा गर्ने । ग्लासलाई कफीले डेकोरेट गर्ने । त्यसपछि स्ट्रबेरी र भेनिला आइसक्रिमका दुई स्कुप्स ग्लासमा राख्ने । त्यसको माथि सिंगल सट एस्प्रेसो हाल्ने । यसको माथिबाट कोकोनट पाउडर, चकलेट सस वा स्प्रिंकल्सले गार्निस गर्न सकिन्छ । पर्वका गरिष्ठ खानापछि डेजर्टका रूपमा प्रयोग गर्न सकिने यो परिकार स्वस्थ र स्वादिष्ट छ ।
प्रमोद लामा
बारिस्ता इन्स्टक्टर