जाडोमा तातो सुप
जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ ।
सामग्री : बेबी कर्न १० पिस, कर्नफ्लोर ५० ग्राम, मैदा ५० ग्राम, अजिनो मोटो, सेतो र कालो मरिच, सोया सस, भिनेगर, रातो खुर्सानीको पेस्ट, टोम्याटो केचप, प्याज, भेंडेखुर्सानी, तेल, अदुवा र लसुन चपिङ गरेको ।
विधि : बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने । अन्तिममा माथि तयार पारिएको मसला हाल्ने । पाकेपछि फ्राई कर्न हाल्नुपर्छ ।
- एमडी रिजवाल
सेफ, गंगोर रेस्टुरेन्ट