गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।

अहिले आँपको सिजन छ । गर्मी पनि अत्याधिक बढेको छ । गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ । त्यसैले आँप दहीमा मिसाएर लस्सी बनाएर खाँदा मानिसलाई फाईदा पनि गर्छ र गर्मी पनि कम हुन्छ ।
आँपको लस्सी बनाउँने तरिका
सामग्री : आँप, आवश्यकता अनुसार, ताजा दही, पास्ता, शख्खर ।
विधि : सबैभन्दा पहिला आँपको बोक्रा फाल्ने । आँपलाई मसिनो टुक्रा बनाउँने । अब आँपलाई मिक्सरमा राख्ने । आँपसँगै आवश्यकता अनुसार दही, शख्खर र पास्ताका केहि टुक्रा पनि राख्ने । साथमा आफूलाई चाहिने जति चिसो बरफ राखेर मिक्सरमा त्यसलाई फिट्ने ।
त्यसपछि आफ्नो आवश्यकता र रोजाई अनुसार शीशाको गीलासमा राखेर सेवन गर्ने ।