मौलिक स्वाद
तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।

सामग्री : सोया दाना ५ सय ग्राम, दही १ कप, बेसन १ चम्चा, खुर्सानीको धूलो स्वादअनुसार, नुन स्वादअनुसार, तेल ५ सय मिलिलिटर ।
विधि : सोयालाई तातो पानीमा ५ मिनेट जति भिजाउने । पानीबाट निकालेर निचोर्ने अनि अर्काे भाँडामा राख्ने । सोयालाई दही, बेसन, नुन तथा खुर्सानीसँग मोल्ने र थप ५–६ मिनेट राख्ने । कराहीमा राखिएको तातो तेलमा मधुरो आँच दिँदै पकाएर खैरो भएपछि निकाल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।