नीरोज लामा, फिटनेस डाइरेक्टर
जश्मिन फिटनेस क्लब एन्ड स्पा
जश्मिन हेल्थ क्लब ९ वर्षदेखि संचालनमा छ । फिटनेसका लागि सचेत मानिसहरू अहिले खानपानका मामिलामा पनि जागरुक हु“दै गएका छन् । खाना र एक्सरसाइज एक रथका दुई पांग्रा जस्तै हुन् । मानवीय जीवनशैलीका लागि एक्सरसाइज जति महत्वपूर्ण छ उत्तिकै खानाको पनि महत्व छ । एक्सरसाइजका लागि चाहिने स्रोत पनि खाना नै हो । स्वस्थ जीवनका लागि सन्तुलन तथा स्वस्थकर खाना उत्तिकै जरुरी हुन्छ । त्यसैले जश्मिन हेल्थ क्लबमा परिकार पनि उपलब्ध गराउन थालिएको हो ।
ब्रेकफास्ट
फापर र कोदोको रोटी (५ सय ५० क्यालोरी–प्रोटिन र फ्याट)
सामग्री ः फापरको पिठो ३० ग्राम, कोदोको पिठो ३० ग्राम, अण्डा एउटा, मह थोरै स्वादका लागि ।
विधि ः फापर र कोदोको पिठोलाई पानी, अण्डा तथा मह हालेर मज्जाले फिट्ने । ननस्टिक प्यानमा थोरै ओलिभ आयल हालेर रोटी पकाउने ।
लञ्च
सालमन्ड बर्गर (४ सय ३० क्यालोरी)
सामग्री ः मल्टिग्रेन्ड बन एउटा, सालमन्ड किमा ५० ग्राम, पेपर थोरै, नुन स्वादअनुसार, याक चीज १० ग्राम, सलाद पत्ता, का“क्रा, प्याज तथा गोलभेंडा १–१ वटा ।
विधि ः सालमन्डलाई ओलिभ आयलमा पकाउने । सालमन्ड पाकेपछि बनको बीचमा सलाद पत्ता, का“क्रा, गोलभेंडा तथा प्याजका साथ सालमन्ड र चीज हाल्ने ।
(बर्गरलाई अस्वस्थकर खानाका रूपमा पनि हेरिन्छ । छिटो–छरितो फास्टफुड बर्गरलाई सावधानीपूर्वक बनाउन र खान जाने यो हेल्दी फास्टफुड पनि साबित हुनसक्छ । मैदाको साटो मल्टिग्रेन्ड आटा र सालमन्ड हाम्रो शरीरका लागि फाइदाजनक हुन्छन् ।)
फापर र कोदोको मःम (५ सय ५० क्यालोरी)
सामग्री ः फापरको पिठो ५० ग्राम, कोदोको पिठो ५० ग्राम, मैदा २० ग्राम, चिकेन ब्रेस्ट किमा १ सय ५० ग्राम, प्याज एउटा, अदुवा र लसुनको पेस्ट १–१ चम्चा, नुन स्वादअनुसार ।
विधि ः किमामा सबै मसला हाली मोलेर राख्ने । कोदो, फापर र मैदाको पिठोलाई राम्रोस“ग मुछ्ने । त्यसपछि स–साना डल्ला बनाएर बेल्दै किमा हाली मःमको भा“डामा स्टिम गर्ने ।
चिकेन ब्रेस्ट (४ सय ५० क्यालोरी)
सामग्री ः चिकेन २ सय ग्राम, अदुवा र लसुनको पेस्ट १ चम्चा, ओलिभ आयल १ चम्चा, पेपर र नुन स्वादअनुसार ।
विधि ः चिकेन ब्रेस्टमा सबै मरमसला हालेर मेरिनेट गरी २० मिनेट राख्ने । त्यसपछि हल्का आ“चमा ननस्टिक प्यानमा ओलिभ आयल तताएर ग्रिल गर्ने । ग्रिल भएपछि आफ्नो इच्छानुसार काटेर सर्भ गर्ने ।
पेयपदार्थ
स्मुदी
सामग्री ः १ कप फ्याट नभएको दही, आधा चम्चा मह, ५ वटा स्टे«बरी ।
विधि ः सबैलाई एक ठाउ“मा राखेर ब्लान्डिङ गर्ने ।
सलाद
अनार एउटा, सुन्तला एउटा तथा थोरै धनिया“को पातलाई राम्रोस“ग केलाएर मिसाएपछि यसलाई खान सकिन्छ ।
बक्समा
फापरको विशेषता र फाइदा
कोलस्ट्रोल कम गर्छ ।
मुटु स्वस्थ राख्छ ।
ब्लडप्रेसर सन्तुलित राख्छ ।
हाई फाइबरयुक्त छ ।
डाइबिटिजका लागि उत्तम हुन्छ ।
पर्याप्त मात्रामा भिटामिन तथा मिनरल्स पाइन्छ ।
कोदोको विशेषता र फाइदा
डाइबिटिजका लागि उत्तम छ ।
ओबीसीटीलाई कन्ट्रोल गर्छ ।
घाउमा हिल गर्छ ।
पर्याप्त मात्रामा प्रोटिन हुन्छ ।
फाइबर, मिनरल्स तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।
सालमन्डको विशेषता
ओमेगा ३
प्रोटिनको राम्रो स्रोत
भिटामिन बी
पोटासियम
सेलमुनियम
हर्टसम्बन्धी रोगका लागि उपयुक्त
वेट कन्ट्रोलका लागि पनि उत्तम ।
अनारको फाइदा
हर्टका लागि उपयोगी ।
ब्लडप्रेसर मेन्टेन गर्छ ।
क्यान्सर हुनबाट जोगाउ“छ ।
डायरिया कन्ट्रोल गर्छ ।