दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।

जापानमा धेरै वर्ष रेस्टुराँसम्बन्धी अनुभव बटुलेका नकुल शेरचनले गैरीधारामा एलिस रेस्टुराँ खोले । पारिवारिक वातावरणमा थकाली, जापानी, चाइनिज एवं कन्टिनेन्टल परिकार पस्कने एलिसले गत वर्ष आफ्नो शाखा दरबारमार्गमा पनि बिस्तार गर्यो । दरबारमार्गस्थित एलिसमा जापानी परिकार बढी रुचाइएको संचालक शेरचन बताउँछन् । परिकारको स्वाद र रमाइलो वातावरणका कारण एलिस धेरैको गन्तव्य बन्न सफल भएको छ ।
कोल्ड तोफु
सामग्री : तोफु : १ सय ग्राम, भिन्डी २० ग्राम, लेटस एउटा, अदुवाको पेस्ट ५ ग्राम, सोयासस २० मिलिलिटर ।
विधि : तोफुलाई पातलो स्लाइस गरी काट्ने, त्यसमाथि उसिनेको भिन्डी मसिनो गरी काटेर राख्ने । त्यसलाई अदुवाको पेस्ट र सोयाससमा चोबेर खाने ।