‘द गोल्डेन थाली’ मा नेपाली ठेट स्वाद
गोल्डेन थालीमा मासुसहित १५ परिकार समावेश गरिएको छ । दालमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दालजस्ता विकल्प पनि छन् । भातका लागि मार्सी, ताइचिन, बासमती र जिरा मसिनो प्रयोग गरिन्छ ।
सेफ श्यामप्रसाद सापकोटा
सानेपास्थित जलान जलान रेस्टुरेन्टमा विभिन्न स्वादका परिकार पाइने भए पनि आधुनिक युवाहरूको रोजाइमा पर्ने लोकप्रिय खाना जेजे चिकेन उपत्यकामा उत्कृष्ट परिकारमा गनिन्छ । कन्टिनेन्टल, हर्बल र नेपाली मसलाको संयुक्त मिश्रणमा जेजे चिकेन तयार गर्दा निकै स्वादिलो हुन्छ । तल दिइएका सामग्रीलाई आफ्नो स्वादअनुसार आफ्नै तरिकाले तयार गरेर खाँदा जेजे चिकेनको स्वाद निकै फरक पाइन्छ ।
सामग्री :
कुखुराको छातीतर्फको मासु २ सय ग्राम
मरिचको धूलो
खुर्सानीको धूलो
अदुवा र लसुनको पेस्ट
स्विट चिल्ली ससेज
नोट : नुन–तेल आफ्नो स्वास्थ्यले पचाउन सक्ने गरी प्रयोग गर्ने ।
तस्विरहरु : नवराज वाग्ले