मौलिक स्वाद
तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।

सामग्री : गोलभेंडा ८ वटा, २ पोटी लसुनलाई स–साना टुक्रा गरेको, एक्स्त्रा भर्जिन ओलिभ आयल १ चम्चा, ६–७ वटा पुदिनाका पातलाई मसिनो गरी काटेको, कालो मरिच तथा नुन स्वादअनुसार, भेनेगर १० मिलिलिटर, सुगर २ ग्राम र ब्रेड वा बम ५–६ पिस ।
विधि : एउटा भाँडामा गोलभेंडा, पुदिना, भेनेगर, सुगर, तेल, लसुन, कालो मरिचको धूलो, नुन राखेर मिक्स गर्ने । ग्रिलमा मिडियम हिट बनाई ब्रेड १–२ मिनेट राख्ने । केही खैरो भएपछि ओभनबाट निकालेर बीचमा बमलाई काट्ने । त्यसमा तयार पारेको मिक्सरलाई राखेर सर्भ गर्ने । ब्रुसेटा इटालियन खानामा रुचाइएको परिकारमध्ये एक हो ।