गर्मी मौसममा के खाने ?
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।
सामग्री : गोलभेंडा ८ वटा, २ पोटी लसुनलाई स–साना टुक्रा गरेको, एक्स्त्रा भर्जिन ओलिभ आयल १ चम्चा, ६–७ वटा पुदिनाका पातलाई मसिनो गरी काटेको, कालो मरिच तथा नुन स्वादअनुसार, भेनेगर १० मिलिलिटर, सुगर २ ग्राम र ब्रेड वा बम ५–६ पिस ।
विधि : एउटा भाँडामा गोलभेंडा, पुदिना, भेनेगर, सुगर, तेल, लसुन, कालो मरिचको धूलो, नुन राखेर मिक्स गर्ने । ग्रिलमा मिडियम हिट बनाई ब्रेड १–२ मिनेट राख्ने । केही खैरो भएपछि ओभनबाट निकालेर बीचमा बमलाई काट्ने । त्यसमा तयार पारेको मिक्सरलाई राखेर सर्भ गर्ने । ब्रुसेटा इटालियन खानामा रुचाइएको परिकारमध्ये एक हो ।