Successfully Copied

भिगन फिस फ्राई

भिगनका हरेक परिकारमा सेटनको प्रयोग गरिन्छ ।


सामग्री
सेटनबाट तयार पारिएको भिगन फिस, अदुवा–लसुन र खुर्सानीको पेस्ट, कर्नफ्लोर, लेमन जुस, स्वादअनुसार नुन तथा थोरै बिरेनुन, जिरा–धनियाँको धूलो, फिस मसला र सनफ्लावर ओयल ।
विधि
आवश्यक मात्रामा जिरा–धनियाँको धूलो, कर्नफ्लोर, कस्मिरी लालमिर्चको धूलो, नुनलाई एकैठाउँमा मिसाएर माथिबाट थोरै लेमन जुस राखी चलाउने । फिस आकारमा काटिएको सेटनलाई उक्त पेस्टमा मिसाएर मेरिनेट गर्ने । अब एउटा सफा कराहीमा तेल बसाल्ने । तेल तातिसकेपछि सानो आँचको आगोमा मेरिनेट गरेर राखिएको भिगन फिसलाई ३ मिनेटजति फ्राई गरिसकेपछि तेल निखारेर बाहिर झिक्ने । यसमा स्वादअनुसार लेमन जुस र बिरेनुन राखेर सलादका साथ सर्भ गर्न सकिन्छ । स्न्याक्सका रूपमा खान सकिने यो भिगन परिकार देख्दा आकर्षक त छ नै अत्यन्त स्वादिष्ट तथा जिब्रोमै झुन्डिने खालको हुन्छ ।

सेफहरू: निरोज नेपाल र दिनेश खड्का

 Image