स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
सामग्री :
मासको गेडा दाल १ सय २० ग्राम
राजमा ३० ग्राम
नुन स्वादअनुसार
अदुवाको पेस्ट २० ग्राम
लसुनको पेस्ट २० ग्राम
गोलभेंडाको लेदो १ सय २० मिलिलिटर
सुकेको खुर्सानीको धूलो ५ ग्राम
बटर १ सय २० ग्राम
क्रिम १ सय २० मिलिलिटर
मेथी २५ ग्राम
तेजपत्ता २ पत्ता
विधि :
दाल राम्रोसँग पखाली एक रात भिजाएर भोलिपल्ट छान्ने । छानेको दाललाई डेक्चीमा राखेर नुन, पानी आदि हालेर पकाउने । दाललाई काठको पन्यूले चलाइरहने । त्यसपछि एउटा डेक्ची बसालेर तातेपछि तेल र बटर हाल्ने । त्यसपछि अदुवा, लसुनको पेस्ट, गोलभेंडाको लेदो, रातो खुर्सानीको धूलो मिसाउने । त्यसमा अघि पकाइराखेको दाल हालेर ४५ मिनेट पकाउने । अन्त्यमा क्रिम हालेर १० मिनेट उमाल्ने ।